back
CTIZAN AD

‘समृद्ध नेपालको मार्गचित्र’ विमोचित

वि.सं.२०७५ असोज २८ आइतवार

702 

shares

२८ असोज, काठमाडौं । फिनल्याण्डलाई कर्मथलो बनाउँदै आएका गैरआवासीय नेपाली बुद्धिजीवी जगन्नाथ काफ्लेद्धारा लिखित ‘समृद्ध नेपालको मार्गचित्र’ विमोचित भएको छ ।

गैरआवासीय नेपाली संघको प्रथम विश्व विज्ञसम्मेलनको अवसरमा आयोजित ‘ विकासका नीतिका लागि प्रवासी नेपालीहरु’ नामक चौथो प्लेनरी सेसनमा सो पुस्तक विमोचन भएको हो । सोहि सेसनमा ‘ग्लोबल नेप्लीज’ नामक पुस्तक समेत विमोचन गरिएको थियो ।

कार्यक्रमका प्रमुख वक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशले आर्थिक कुटनीतिको मिसन समातिसकेको हुँदा लगानी प्रर्बद्धन, व्यापार, प्रवासी नेपालीको हित र पर्यटनलाई विशेष जोड दिएर हातेमालो गर्न गैरआवासीय बुद्धिजीवीमा आव्हान गरेका थिए ।


डा. भेष बहादुर थापाको सभापतित्व र खगेन्द्र ढकालको संचालनमा रहेको सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कंडेल, म्यानमारका लागि नेपाली राजदूत भीम उदास, एनपिआईका प्रतिनिधि शरद पौडेल, युनिभर्सिटी अफ अक्सफोर्डका कृष्ण अधिकारी र प्रोफेसर युवराज पोखरेलले विषयगत अवधारणा राखेका थिए भने एनआरएनए अध्यक्ष भवन भट्ट, अर्थविज्ञ मदन दाहाल र नेपाल बैदेशिक रोजगार मामिला तथा नेपाली पोलिसी इन्स्च्यिुटकी विज्ञ शरु जोशी श्रेष्ठले अबधारणामाथि टिप्पणी गरेका थिए ।


विभिन्न ३० वटा शीर्षकबाट समृद्धिको आधार बनाउन सकिने व्यवहारिक बाटोसहित सरल अभ्यास कोरिएको ‘समृद्ध नेपालको मार्गचित्र’ ऐक्यबद्धता प्रकाशन नेपालले प्रकाशित गरेको हो ।

 

वि.सं.२०७५ असोज २८ आइतवार ०९:०३ मा प्रकाशित

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...