back
CTIZAN AD

डेढ वर्षदेखि निर्माण शुरू  गरिएको शीत भण्डार निर्माण अन्तिम चरणमा

वि.सं.२०७५ असोज २८ आइतवार

684 

shares

२८ असोज, बाँके । बाँकेको खजुराखुर्दमा निमार्णाधीन शीत भण्डार (कोल्ड स्टोर) सञ्चालनको अन्तिम तयारीमा रहेको छ । डेढ वर्षदेखि निर्माण शुरू गरिएको उक्त शीत भण्डारको क्षमता १० हजार टन रहेको छ ।

जानकी गाउँपालिकाको खजुराखुर्दमा रु २५ करोडको लागतमा निजी क्षेत्रबाट निर्माण भइरहेको उक्त शीत भण्डारमा पहिलो चरणमा सात हजार टन मात्र वस्तु राखिने बताइएको छ । आगामी वर्षदेखि सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको शीत भण्डारका शेयर सदस्यसमेत रहेका जडीबुटी व्यवसायी सङ्घका महासचिव टङ्क शर्माले जानकारी दिए ।

नेपालगञ्जबाट झण्डै पाँच किलोमिटर पश्चिम खजुराखुर्दमा दुई बिघा जग्गामा नेपालगञ्ज कोल्ड स्टोरेज एण्ड वेयर हाउस प्रालिको निर्माण अन्तिम चरणमा पुगेको उनले बताए ।  उनका अनुसार अब निर्माण भएको भवनको रङ्गरोगनलगायत करीब २० प्रतिशत मात्रै काम बाँकी रहेको छ ।

जग्गा खरिद भई निर्माण कार्यको औपचारिक सुरुवात २०७१ सालदेखि भएपनि गत वैशाखदेखि निर्माण कार्यलाई तीब्रता दिइएको थियो । उक्त भण्डारमा कर्णालीको स्याउ, तरकारी र आलु भण्डारण गर्ने लक्ष्य रहेको छ । साविकका मध्य र सुदूरपश्चिमका किसानको उत्पादनलाई भण्डारण गर्ने लक्ष्यसमेत राखिएको छ ।

शीत भण्डारको अभावमा यस क्षेत्रको जडीबुटी भण्डारणका लागि भारतको लखनउलगायतका शहरमा निर्भर हुनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा राखिएको छ । सरकारले अहिलेसम्म उक्त भण्डार निर्माणका लागि रु ९९ लाख सहयोग उपलब्ध गराएको छ ।

नेपालगञ्जका विभिन्न आठ व्यवसायीको लगानीमा निर्माण भएको उक्त भण्डारमा आधुनिक एसी प्रविधिबाट वस्तुलाई चिस्यान दिइनेछ । उक्त भण्डारमा बाँके, बर्दिया, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट उत्पादन भई आउने तरकारी, फलफूलका साथै जडीबुटीलाई समेत राखिने जनाइएको छ ।

वि.सं.२०७५ असोज २८ आइतवार ०७:१० मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...