back
CTIZAN AD

‘प्रचण्ड’ सत्र हजारको हत्यारा ! अनि अरु ?

वि.सं.२०७५ असोज २८ आइतवार

1K 

shares

नेपाल भित्र अनि बाहिर युरोप,अमेरिका जापन,अस्ट्रेलिया लगायत देशहरुमा माओवादी पिडित बनेर बसेका सुराकीहरु आफु हेगमा उभिन तयार छन् कि छैनन ?

बिश्वलाई नै चकित पार्ने गरी जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’हालका दिनहरुमा खतरनाक घेराबन्दिमा छन । विशेषः गरि सामाजिक सन्जाल र केहि ठूला भनौदा मिडियामा ‘प्रचण्ड’लाई १७ हजार नेपालीको हत्यारा, आतङ्कारी, अपराधी, भ्रस्टचारी भनेर दिनहुँ जसो गाली गर्नेहरु थुप्रै भेटिन्छन । त्यसभन्दा अगाडि बढेर आजकल त कृश्चियन मिसिनरि र जातिय द्वन्द गर्न उचाल्ने विखण्डनकारी भनेर पनि आरोपित गर्ने गरिन्छ । त्यति मात्र होइन आफ्नै पुर्व सहकर्र्मी तथा कार्यकर्ताहरुले समेत ‘प्रचण्ड’लाई क्रान्तिलाई धोका दिने गद्दार, नवशंशोधनवादी भनेर सार्बजनिक रुपमा गाली गर्ने गरेकाछन । आफ्नै पार्टिका कतिपय नेता÷कार्यकर्ताहरु समेत उनको खुलेर समर्थन गर्दा आफै अलोकप्रिय भइने हो की भन्ने पिरमा रहेको पाइन्छ । बिगतमा ‘प्रचण्ड’को गुणगान गाएर नथाक्नेहरु समेत अहिले आलोचना खेप्नु पर्ने डरले लेख्न बोल्न डराउने गरेकछन । त्यति मात्र होईन मौका पाए भने तिनै ‘प्रचण्ड’को आलोचना गरेर सामाजिक सञ्जालहरुमा सेलिब्रेटी क्रान्तिकारी बन्न खोजेको देखिन्छ । यी आरोप र बिरोध देख्दा र सुन्दा ‘प्रचण्ड’ के सोच्दा हुन ? धेरैलाई लाग्न सक्ला उनि अब थाके । गले । यसको ठिक बिपरित चुपचाप रणनैतिक प्रत्याक्रमणमा सकृय भएका छन ‘प्रचण्ड’। सम्भवतः अब उनि माथी भौतिक र वैचारिक आक्रमण अझ कडा हुनेवाला छ ।

अहिले कुनै पार्टीको सकृय कार्यकर्ता नभए पनि यो लेख प्रकाशित भए पछि मैले धेरै गाली खाने ठानेकोछु । मलाई ‘‘प्रचण्ड’’को भजन गाएर कुनै लाभ लिनु पनि छैन । कसैले दिने पद र प्रतिष्ठाको जरुरी पनि छैन । ‘प्रचण्ड’ले सिकाएको राजनितीले दुख र सङ्घर्ष गरेर जीवन बाच्न सिकिएकोछ त्यसैमामा निस्चिन्त छु । तथ्य कुरा के हो भने अहिलेको नेपालको राजनिती ‘प्रचण्ड’ कै वरिपरी छ । यस कारण पनि ‘प्रचण्ड’सिध्याउन विभिन्न टेकनिकहरु प्रयोग गरिएको छ । देश भित्र र बाहिरका ‘प्रचण्ड’ बिरोधीहरु, उनलाई सिध्याउन बिभिन्न रुप र रङमा प्रयोग भैरहेका छन । कर्पोरेट मिडियाहरुले ‘प्रचण्ड’ बिरोधी ति सेन्टिमेन्टलाई प्रचार गरिरहेका छन अनि उर्जा दिइरहेका छन ।

एउटा अवारा बुद्धिजिवी र अराजक भिड कर्पोरेट मिडियाहरुको भ्रममा परेर ‘प्रचण्ड’का बिरुद्ध बिष ओकालिरहेका छन । भविष्यमा आफ्नै सन्तान अनि गरिव किसानका छोरा÷छोरी नेपालको राज्यसत्ता चलाउने ठाउँमा पुग्दैछन । यस्तै ब्यबस्थाको लागि जीवन भरी खतरा मोलेको ‘प्रचण्ड’लाई गाली, गलौज र अपमान गर्नुको अर्थ के ? के कुनै एउटा परिवारको वंशले चलाउने राज्य व्यवस्था नै ठिक थियो त ?

के हामीलाई हाम्रै छोरा÷छोरीले यो देश हाक्न सक्छन भन्ने बिश्वास छैन ? सङ्घिय प्रणाली कार्यान्वायनमा केही अनुभवबिहिन मान्छेहरुले गरेको गल्तिलाई देखाएर परिक्षण कालमा रहेको शिशु गणतन्त्रको हत्या गर्न खोज्नेहरुको नियतमा किन शङ्का नगर्ने ?

होईन भने जनताको छोरा छोरिले देशको शासन सत्ता समाल्न पाउने गणतन्त्र स्थापना गर्न नेतृत्व गर्नु ‘प्रचण्ड’को के अपराध हो ? ‘प्रचण्ड’को बिषयमा धेरै कुरा लुकाउने गरिएको छ । सामन्यतय ‘प्रचण्ड’काखा÷पाखा गर्दैनन । आफ्नो आलोचना गर्नेहरुलाई अझै बढी जिम्मेवारी दिएर परिक्षण गर्ने ‘प्रचण्ड’ रणनिती हो । यो कुरा युद्दकालका केहि घटनाहरुले पुस्टी गर्छ । आफ्नै बच्चा देखीको नजिकको साथी वादललाई रुदै(रुदै कार्वाही गरे । बाबुरामलाई भौतिक रुपमा नै सिध्याइदिनु पर्छ भन्ने आफ्नै सहकर्मीहरुको कुरा मानेनन अझै बिश्वास गरेर थप जिम्मेवारी दिए । पुर्वका पिल्लर मानिएका यानप्रसाद गौतमलाई सस्कृतिक विचलनमा कार्वाही गरिदिए । आफ्नो उग्र गुणगान गाउने रविन्द्र श्रेस्ठलाई पाट्र्री बाटै हटाइदिए । यी कुराहरुलाई छिपाएर ‘‘प्रचण्ड’’को राक्षसिकरण मात्र गरिन्छ । अहिले ‘प्रचण्ड’बाट भएका केहि मानबिय कमजोरीलाई मात्र उछालिन्छ र कमजोर बनाउन खोजिदै छ ।

कति पुर्वाग्रही हुँदै गएको छ हाम्रो मिडिया र समाज ? यो एउटा उहाहरण हेर्नुस ।

बिश्वेश्वर प्रसाद कोरालालाई बि.पी., खड्ग प्रसाद ओलिलाई के.पी., नेत्रबिक्रम चन्दलाई विप्लब भनेर समाचार बन्छन । त्यस्तै चन्द्र प्रकाश मैनालीलाई सिपि मैनली, चन्द्र प्रसाद गजुरेललाई सिपी गजुरेल भनिन्छ, लेखिन्छ । त्यस्तै लेखकहरु सौरभ, निलम कार्कीलाई निहारिका बैरागी काईंला, ब्याकुल माइला, कृष्ण अबिरल, भवानी भिक्षु, कृष्ण धाराबासी, पारिजात, रमेश क्षितिज, गायक कर्ण दास, बच्चु कैलाश, स्वप्न सुमन, राममान तृशितहरुलाई उपनाम नै जोडेर लेख्छ मिडिया ।

तर २४० बर्ष देखी जरा गाडेको सामन्ती ब्यवस्थालाई ध्वास्त गरेर जनताको छोर÷छोरीले शासन गर्ने गणतन्त्रको लागि सारा जीवन खुकुरीको धारमा राखेर लड्ने ‘प्रचण्ड’लाई पुष्पकमल, छविलाल भनेर मिडिया र सामाजिक सन्जालमा खुईल्याउँछन । मजाक उडाउँछन । आफ्नो देशको नेतालाई आलोचना गर्न पाइन्छ तर अपमान गरेर र लान्छना लगाएर सिध्याउन खोज्नु अपराध नै हो ।

यहाँ पुष्पकमल दाहाललाई किन ‘प्रचण्ड’ भनेनन भनेर रुवाबासी गरेको होईन । प्रश्न नियतको हो । गोपाल किराती र दिल निशानी मगरहरुले जस्तै ‘प्रचण्ड’को उग्र गुणगान गाएर ‘प्रचण्ड’कै कोखमा छुरा धस्ने हैसियत यो पङ्तिकारसंग छैन । ‘प्रचण्ड’लाई नेपाली राजनितीको लेनिन, नेताको पनि नेता, त्यहि मेरो नेता ‘प्रचण्ड’ हो भन्ने र त्यही ‘प्रचण्ड’को बिरुद्ध भाषण गर्ने डा.बाबुराम भट्टराई जस्तो पाखण्डी बन्नु पनि छैन ।

नेपाल मात्र होईन विश्व क्रान्तिका महानायक हुन ‘प्रचण्ड’भन्ने अनि उनैलाई मार्न एम्वुस थाप्ने विप्लप जस्तो बिश्वसघाती बनेर राजनिती गर्नु पनि छैन । मरे पछि गुणगान गर्ने भन्दा जिउदो छदैमा सम्मान गर्नु उचित हुन्छ भन्ने आसय मात्र हो । यहाँ ‘प्रचण्ड’को अन्धभक्त बनेर भन्दा पनि नेपाली नागरिक हुनुको नाताले आफ्नो देशको एउटा देशभक्त र सहासिक नेताको ऐतिहासिक योगदानको चर्चा गर्न खोजेको मात्र हो ।

आफ्ना बाबु आमा बुढा भए अशक्त भए भनेर दोबटोमा लगेर फ्याक्ने होईन अझै माया, हेर विचार र सम्मान गर्ने नेपाली सँस्कार हो । कसैलाई ‘प्रचण्ड’प्रिय नलाग्न सक्छ तर ‘‘प्रचण्ड’’हरुले लडेर ल्याइदिएको गणतन्त्र ,संघियता र समावेशी राज्य व्यबस्थामा बसेर उनैलाई अपमान र गाली गर्न नैतिक रुपमा पनि नसुहाउनु पर्ने हो !

प्रगतिशिल आँखाले हेर्ने हो भने‘प्रचण्ड’एउटा आन्दोलनको नाम हो । बिश्व राजनितीको चासो राख्ने र अध्यन गर्ने राजनितीशास्त्रीहरुका लागि ‘प्रचण्ड’ एउटा भिमकाय इतिहास पनि हो ।
राज्यसत्ता नै परिवर्तनको आन्दोलनमा सशस्त्र बिद्रोह र शान्ति प्रकृया दुवैको नेतृत्व गर्ने बिश्व इतिहास मै एउटा साहसिक नेता हुन ‘प्रचण्ड’ । जीवन भरी मान्छेले राम्रै÷राम्रो मात्र गर्न सक्दैन । मान्छेका मानविय कमजोरी हुन्छन । ‘प्रचण्ड’ शतप्रतिसत सही छन भन्नु पनि गलत हुन्छ । ‘प्रचण्ड’बाट कमजोरी नभएका होईनन । केहि मानविय कमजोरिलाई उछालेर एउटा मान्छेको ऐतिहासिक योगदानलाई ओझेलमा पार्न खोज्नु चाही मुर्खता हुन्छ ।

‘प्रचण्ड’ले बाटो बिराउला, गल्ती गर्ला भनेर आलोचना गर्नु ठिकै हो । किनकि उनि प्रति धेरैको आशा थियो र छ पनि । तर देशको लागि सिन्को नभाच्ने अनि ‘प्रचण्ड’लाई भए भरको शक्ति लगाएर बिरोध गर्नु तर्क सङ्गत हुन सक्दैन । केहि ब्याक्तिहरुले इगो राखेर गाली गरे कै भरमा ‘प्रचण्ड’को इतिहास मेटिने पनि होईन । ‘प्रचण्ड’ले कस्तो कोट लगायो र कस्तो घरमा बस्यो भन्दा पनि गणतन्त्रको लागि ‘प्रचण्ड’ले के गर्यो ? त्यो महत्वपुर्ण हुन्छ । भौतिक रुपमा ‘प्रचण्ड’ सिद्धिएलान तर अब देशले जितिसकेको छ । अझै पनि ‘प्रचण्ड’ माथि रिस पोखेर गणतन्त्र र संघियताका बिरुद्ध लाग्नु भनेको तपाईं हाम्रा छोराछोरीको प्रगतिमा बन्चरो हान्नु जस्तै हो ।

नेपालमा अब पृथ्वी नारायण शाह र ‘प्रचण्ड’ सायदै जन्मिएलान । ‘प्रचण्ड’ र पृथ्वी नारायणका आलोचनाका थुप्रै बिषय होलान । तर इतिहास लुकाउन र मेटाउन भने अब असम्भव छ ।‘प्रचण्ड’ बिरोधीहरु अर्को तर्क पनि गर्छन । भारत र अमेरिकाले उचालेर ‘प्रचण्ड’ले जनयुद्ध गरेको, राजतन्त्र फ्याँकेको भनेर केही स्वघोषित बुद्धिजिवीहरु हाँस्यास्पद बुद्धिविलास गरिरहेका छन । तर त्यही अमेरिकाले आतन्ककारीको लिस्टमा राखेको तथ्य लुकाउछन ।

भारतिय शासकको बिरुद्ध सुरुङ्ग युद्धको घोषणा गर्ने ‘प्रचण्ड’का बिरुद्ध भारतले संरक्षण गरेर जनयुद्ध गरेको भनेर लेख लेख्छन । इतिहासलाई दबाउन खोज्ने यस्ता बुज्रुक मनुवाहरुसँग बहस र तर्क गर्नु बेकार हुन्छ । ‘प्रचण्ड’ले सुरक्षाको कारणले केहि समय भारतीय भुमि प्रयोग गरेको तथ्य लुकाइरहनु पर्दैन । तत्कालिन ७ दल र माओवादी विचमा १२ बुँदे शान्ति सम्झौता गर्न पनि भारतीय भुमिको प्रयोग गरिएको नै हो । ‘प्रचण्ड’ले रोल्पामा गर्न चाहेका थिए तर गिरिजा प्रसाद कोइरालाको स्वास्थ्यका कारण भारतमा गर्नु परेको स्वयम् गिरिजा प्रसाद कोइराला, ‘प्रचण्ड’, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, बामदेव गौतमहरुले स्विकारिसकेका छन ।

विश्व इतिहासमा थुप्रै युद्धहरु तेस्रो देशमा बसेर गरिएका उदाहरणहरु पनि छन । नेपालमा नै पनि बिपी, गिरिजा प्रसाद, शुशिल, चक्र बस्तोलाहरुले भारतमा सेल्टर लिएर प्रजातन्त्रको लागि लडेका थिए । राजा त्रिभुवनले पनि भारतमा शरण लिएर बसे । जर्मनका कार्ल माक्र्सले बेल्जियम, फ्रान्स, बेलायतमा शरण लिएर देशको लागि लडे । भारतीय नेता सुवास चन्द्र बोसले बेलायती साम्राज्यको बिरुद्ध लड्न हिटलरको सहायता लिन जर्मनी पुगे । अब बाँकी आफै बिश्लेसण गर्नुस ।
अर्को प्रसँग जोडौ । ‘प्रचण्ड’ले १७ हजार मान्छे मार्यो भनेर स्वघोषित बुद्दिजिवी र एउटा भिडले गलत प्रचार गरिरहेको छ । आधिकारिक तथ्याङ्कलाई आधर मान्ने हो भने नेपाली जनयुद्धमा राज्य पक्षबाट लगभग १० हजार ५ सय अनि बिद्रोही माओवादी पक्षबाट करिव ३ हजार मारिएको देखिन्छ ।

केही मानिसहरु बुझ पचाएर ‘प्रचण्ड’लाई नै १७ हजारको हत्यारा, अपराधी, आतङ्कारी भन्दै हेगमा लगेर झुण्याउने सपना देख्छन । ती करीव १० हजार ५ सय माओवादी भनेर मान्छे मार्ने त्यतिबेला सत्तामा भएका काङ्रेस, एमाले, राजावादी “हत्याकाण्डका” दोषी हुन्छन कि हुँदैनन ? अनि अर्को कुरा नेपाल भित्र अनि बाहिर युरोप, अमेरिका जापन, अस्ट्रेलिया लगायत देशहरुमा माओवादी पिडित बनेर बसेका सुराकीहरु आफू हेगमा उभिन तयार छन कि छैनन ?
ती राज्यबाट मारिएका दशौ हजार शहिद अनि बेपत्ता परिवारका आफन्तले साच्चै बिद्रोह गरे भने को कहाँ भाग्लान ? वास्तवमा ‘प्रचण्ड’को इमान्दारितालाई नजर अन्दाज गरिएको छ ।

‘प्रचण्ड’ले जनयुद्धको समयमा भएका प्रत्येक घटनाको नैतिक जिम्मेवारी लिएका मात्र छैनन बाँदरमुढे, काजल प्रकरण जस्ता गम्भिर घटनाहरुमा माफी मागेका छन र दोषिलाई कार्वाही समेत गरेका छन । यद्यपी तत्कालिन राज्य पक्षले एउटा पनि घटनामा माफी त के जिम्मेवारी सम्म लिएको छैन । वास्तविकतालाई छिपाउन खोज्नु पनि वेइमानी हुन्छ ।

नेपालमा फेरी पनि घाउ र पिडाहरुलाई गिजोलेर अर्को द्वन्द र अशान्ति मच्चाउन खोजिएमा अब नेपाली समाज त्यो काहाली लाग्दो विगत भोग्न तयार छैन । बरु युद्धको नाममा ब्यापार गर्ने रक्त पिपासुहरुलाई समाजबाट अलग बनाएर जनताले नाङ्गो बनाइदिन्छ । ‘प्रचण्ड’को खरानीमा आफ्नो जीवन देख्ने आफ्नै पार्टी भित्र र बाहिर थुप्रै मान्छे छन । राष्ट्रिय र अन्तर्रास्टिृय गिरोहहरुले ठुलो शक्ति र स्रोत प्रयोग गरेर ‘प्रचण्ड’ सिध्याउने मिसनमा लागिपरेका छ्न ।

नेपाली ढाका टोपी र सारी चोलो लगाएका बिदेशी दलालहरुलाई के थाहा छ भने ‘प्रचण्ड’लाई सिद्ध्याउनु भनेको नेपालको कम्युनिष्ट आन्दोलन ध्वस्त हुन्छ । गणतन्त्र अफ्ठ्यारोमा पर्छ । अनि दक्षिण एसियामा नै कम्युनिष्टहरुका बिरुद्ध घृणा फैलाउन पाइन्छ भन्ने अभिस्ट बोकेर बसेका छन । एउटा सत्य कुरा के हो भने ‘प्रचण्ड’का बिरुद्ध भ्रम फैलाउन प्रतिकृयावादीहरु पुर्ण रुपमा सफल भएका छन । केहि मानिसहरु प्रतिकृयावादीहरुको भ्रममा फसेर ‘प्रचण्ड’को मृत्यु कुरेर बसेका छन । प्रतिकृयावादीहरुले प्रयोग गर्ने रणनिती भनेकै मिडियावाजी गरेर बदनाम गर्ने अनि वरपरको मान्छेलाई नै प्रयोग गरेर स्थापित नेतृत्व ध्वस्त पारिदिने हुन्छ । यो अनतरास्ट्रिय षड्यन्त्रकारीहरुको स्थापित मान्यता हो ।

अहिले ‘प्रचण्ड’लाई सिध्याउन रास्ट्रवादी खोल ओडेका ‘प्रचण्ड’ बिरोधी स्वघाषित बुद्धिजिवीहरु र उनैका पुर्व सहकर्मीहरुको प्रयोग भैरहेको छ । यद्यपि ‘प्रचण्ड’को रणनिती नबुझेरख कोहि कोहिले रिस आवेग, आक्रोसमा बिरोध पनि गरेका छन ।
फेरी पनि ‘प्रचण्ड’को साथमा हजारौ होईन लाखौ जनता अझै प्रतिबद्ध छन । अब ‘प्रचण्ड’सँग जनताले गरेको आशा भनेको, घेराबन्दी कै विचबाट पनि उपलब्धिको रक्षा गरुन, जनयुद्धमा शहिद बेपत्ता भएकाहरुको सपना पुरा गर्ने अठोटगरुन र सम्पूर्ण जनताको अभिभाबक बनुन भन्ने नै देखिन्छ ।

केही रास्ट्रवादको मुकुण्डो ओढेका बिदेशी दलालहरुले जतिसुकै भ्रम फैलाएर बेइजत गर्न खोजे पनि ‘प्रचण्ड’लाई भावी पुस्ताले नेपालको एउटा साहसिक र गतिशिल नेताको रुपमा सम्झिरहने छन ।
( यो लेखकको निजी बिचार हो, सं)

वि.सं.२०७५ असोज २८ आइतवार १७:५० मा प्रकाशित

ओखलढुंगामा अम्बिरबाबु गुरूङ नै किन ?

ओखलढुंगामा अम्बिरबाबु गुरूङ नै किन ?

ओखलढुंगा जिल्ला लामो समयदेखि ओझेलमा पर्‍यो, विकासमा पछाडी पर्‍यो।तपाइको समर्थन...

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

विश्व इतिहासमा कृषि उत्पादन वृद्धिका दृष्टिले “हरित क्रान्ति” (Green Revolution)...

साँस्कृतिक उपनिवेशवादको प्रभाव र बच्ने उपाय

साँस्कृतिक उपनिवेशवादको प्रभाव र बच्ने उपाय

१. पृष्ठभूमि सांस्कृतिक उपनिवेशवाद भनेको एक प्रमुख संस्कृतिको मूल्यमान्यता, विश्वास...

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपाल एक कृषि प्रधान देश हो। यहाँको जनसंख्याको ठूलो हिस्सा...

नेकपाको बढ्दो लोकप्रियता

नेकपाको बढ्दो लोकप्रियता

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधी सभा सदस्य निर्वाचन...

सामाजिक–आर्थिक विश्लेषणमा ऐतिहासिक विधिको महत्व

सामाजिक–आर्थिक विश्लेषणमा ऐतिहासिक विधिको महत्व

सामाजिक परिवर्तनको अध्ययनमा ऐतिहासिक विधिमा विगतका घटनाहरू, संस्थाहरू र सामाजिक...