back
CTIZAN AD

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

वि.सं.२०८२ फागुन २८ बिहीवार

624 

shares

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला ढकमक्क मञ्जरीले भरिएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष आँपका बोटमा प्रशस्त मञ्जरी लागेकाले स्थानीय किसान उत्पादन बढ्ने अपेक्षामा छन् ।

धनगढी जस्तै जिल्लामा करिब पाँच हजार हेक्टर क्षेत्रफलमा आँपखेती भइरहेको छ । अधिकांश बोटमा राम्रो मञ्जरी लागेकाले यस वर्ष उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ ।

कृषि ज्ञान केन्द्र प्रमुख नरेन्द्र महासेठका अनुसार आँप प्रायः एक वर्ष विराएर फल्ने भएकाले यसवर्ष फल्ने चक्रमा परेकाले बोटमा अत्यधिक मञ्जरी लागेको हो । “आँपका बोटमा राम्रो मञ्जरी देखिएको छ । यसवर्ष उत्पादन बढ्ने सङ्केत गरेको छ । मञ्जरी जोगाउन किसानलाई प्राविधिक सहयोग उपलब्ध गराइरहेका छौँ,” उनले भने ।

उनका अनुसार मञ्जरी जोगाउन किसानले एक पटक औषधि छरिसकेका छन् भने चिचिला लागेपछि फेरि औषधि छर्ने तयारी गरिरहेका छन् । जिल्लाका १७ वटै पालिकाका कृषि शाखासँग समन्वय गरेर किसानलाई आवश्यक प्राविधिक सहयोग प्रदान गरिँदै आएको उनले बताए ।

सिरहामा पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ पर्ने मिर्चैया, गोलबजार, धनगढीमाई र लहान नगरपालिकामा आँपखेती हुने गरेको छ । आँप खेतीबाट राम्रो आम्दानी हुने भएकाले किसान पछिल्लो समय यसतर्फ आकर्षित हुँदै गएका छन् ।

धनगढीमाई नगरपालिका– १३ का किसान रामनारायण यादवले यसवर्ष आँपबाट राम्रो उत्पादन हुने अपेक्षा रहेको बताए । उनले भने, “बगैँचामा यसवर्ष धेरै मञ्जरी लागेको छ । समय–समयमा औषधि छर्ने र बोटको स्याहार–सम्भार गर्ने काम गरिरहेका छौँ । मौसम अनुकूल रहे राम्रो उत्पादन हुने आशा छ ।”

अहिलेसम्म वर्षा नभएकाले आँपमा मधुवा रोग नदेखिएको स्थानीय कृषि प्राविधिकले बताएका छन् । यसवर्ष आँप ‘ब्रान्डिङ’ गरी बाहिरी बजारमा पठाउने तथा बजार व्यवस्थापनका लागि कृषि ज्ञान केन्द्रले तयारी गरिरहेको जनाएको छ ।

वि.सं.२०८२ फागुन २८ बिहीवार १४:५५ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...