back
CTIZAN AD

हार स्वीकार्दै ओलीले दिए जनतालाई धन्यवाद, ‘अपेक्षित मत नआए पनि जनताको फैसला स्वीकार्छु’

वि.सं.२०८२ फागुन २८ बिहीवार

567 

shares

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन परिणाम सार्वजनिक भएसँगै केपी शर्मा ओलीले अन्ततः पराजय स्वीकार गर्दै जनतालाई धन्यवाद दिएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओलीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक भावुक सन्देश सार्वजनिक गर्दै यसपटक आफूले अपेक्षा गरेअनुसार परिणाम प्राप्त गर्न नसकेको बताएका हुन्।

ओलीले लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुने भएकाले आफू र आफ्नो पार्टीले त्यो निर्णयलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका छन्। उनले जनताको मतलाई शिरोधार्य गर्दै आगामी दिनमा पनि जनताकै बीचमा रहेर सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

फेसबुक स्टाटसमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, “यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। तर लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो।”

ओलीले निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको आफ्नो प्रतिबद्धता र सेवाभाव कुनै पनि हालतमा कमजोर नहुने स्पष्ट पारेका छन्। उनले पार्टीका नेता, कार्यकर्ता तथा समर्थकलाई निराश नहुन आग्रह गर्दै जनतासँगको सम्बन्ध अझ बलियो बनाउँदै अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

यस अवसरमा उनले सूर्य चिन्हमा मतदान गरेर आफ्नो पक्षमा उभिएका सम्पूर्ण मतदाता, नेता–कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक तथा समर्थकहरूप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्। “यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो,” उनले उल्लेख गरेका छन्।

उनले थपे, “निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन। हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ।”

राजनीतिक विश्लेषकहरूका अनुसार ओलीको यो अभिव्यक्तिले निर्वाचन परिणामपछि पार्टीभित्र र समर्थकहरूमा देखिएको निराशालाई कम गर्न तथा आगामी राजनीतिक यात्राका लागि कार्यकर्तालाई एकताबद्ध राख्न सन्देश दिएको छ।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै विभिन्न दलका नेताहरूले जनताको निर्णयलाई सम्मान गर्दै प्रतिक्रिया दिन थालेका छन्। ओलीको यो सन्देश पनि लोकतान्त्रिक मूल्य र जनमतप्रतिको सम्मानको संकेतका रूपमा हेरिएको छ।

यससँगै ओलीले अन्त्यमा पुनः सबै मतदाता तथा समर्थकप्रति कृतज्ञता व्यक्त गर्दै लेखेका छन्, “मत दिनुहुने, साथ दिनुहुने र विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।”

वि.सं.२०८२ फागुन २८ बिहीवार १५:१४ मा प्रकाशित

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडौं । लामो समयदेखि विदेशमा उपचाररत नेपाली कांग्रेसका निवर्तमान सभापति...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

नयाँ दिल्ली । भारतस्थित नेपाली राजदूतावासले भारतका विभिन्न राज्य तथा...

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक सुदृढीकरण...

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै...