back
CTIZAN AD

तोके भन्दा बढी भाडा लिने ५१५ सार्वजनिक यातायात कारवाहीमा

वि.सं.२०७५ असोज ३० मंगलवार

591 

shares

३० असोज, काठमाडौँ । यातायात व्यवस्था विभागले बिपी राजमार्ग हुँदै पूर्वी नेपालतर्फ जाने सवारी साधनमा गरेको अनुगमनका क्रममा १५ वटा सवारी साधनले तोकेभन्दा बढी भाडा लिएको फेला परेको छ । अनुगमनका क्रममा चलानी हेर्दा विभागले तोकेभन्दा रु ३०० सम्म बढी भाडा लिएको पाइएको छ ।

बल्खुबाट हेटौँडा, वीरगञ्जलगायत स्थानमा सञ्चालन हुने टाटा सुमोलगायत साना सवारीले पनि बढी भाडा लिएको गुनासोका आधारमा अनुगमन गरिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

अनुगमनका क्रममा बल्खुबाट चल्ने साना सवारीले बढी भाडा लिएको फेला नपरेको विभागले जनाएको छ । सवारीभित्र चढेर तोकेभन्दा बढी भाडा तिर्नुभएको भए जानकारी पाऊँ भनी सोध्दा कसैले बढी भाडा लिएको भनी उजुरी नगरेको प्रवक्ता उपाध्यायले सुनाए ।

विभागले घटस्थापनादेखि गरेको अनुगमनका क्रममा ५१५ सार्वजनिक यातायातलाई कारवाही गरेको छ । कारवाही गरिएका सवारीलाई रु एक हजारदेखि रु पाँच हजारसम्म जरिवाना गरिएको छ । सवारीमा बढी भाडा लिने, एउटै सिटको दुईवटा टिकट दिएर यात्रुलाई दुःख दिनेलगायत समस्या आएमा प्रहरीको निःशुल्क नं १०१ र १०३ एवं विभागको हटलाइन ९८५१२७३२२२ मा खबर गर्न विभागले सार्वजनिक आह्वान गरेको छ ।

यात्रुको गुनासाका आधारमा सम्बन्धित सवारीलाई कारवाही गरिने प्रवक्ता उपाध्यायले बताउनुभयो । चाडबाडका समयमा सार्वजनिक यातायातमा हुने अनियमित रोक्न यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ । एउटै सिटको दुई वटा टिकट दिने सवारीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाहीस्वरुप रु ५०० जरिवाना गरेको छ । दैनिक एक दर्जन सवारीले यस्तो गर्ने गरेको गुनासो आउने गरेको जनाइएको छ ।

घटस्थापनादेखि ७८ हजार ९५ सवारीमा सात लाख ५२ हजार ६७२ यात्रु दशैँ मान्न उपत्यकाबाहिर गएको महाशाखाको अभिलेख छ । यसै अवधिमा ६१ हजार २३३ सवारीमा तीन लाख ८१ हजार एक यात्रु उपत्यका भित्रिएका छन् ।

उपत्यकामा सवारीको समस्या

विभागले घटस्थापनादेखि ‘रुट परमिट’ खारेज गरेपछि उपत्यकामा सवारीको सङ्ख्या कम भएको यात्रुको गुनासो छ । उपत्यकाका विभिन्न स्थानमा जान सवारी पाइँदैन । पाए पनि चढ्न सकिँदैन । चढेका सवारीले पनि मन लागे जति भाडा असुलिरहेका छन् ।

विभागले असोज ७ गते समायोजन गरेको सार्वजनिक यातायातको भाडा सूचीअनुसार चार किमीसम्मको भाडा रु १४ हो । सवारीका परिचालकले भने न्यूनतम भाडा रु २० भइसक्यो भन्दै छ रुपैयाँ ठगी गरेको सार्वजनिक यातायात सुधार अभियानमा लाग्नुभएका रामबहादुर थापाले बताए ।

विभाग र प्रहरी उपत्यकाबाहिर जाने सवारीको अनुगमनमा व्यस्त भएको मौका छोपेर राजधानीमै मनपरी भाडा लिइएको हो । विभागले सार्वजनिक गरेको निःशुल्क नं र हटलाइनमा सम्पर्क गरेर जानकारी गराउँदा पनि कारवाही नभएको यात्रुको भनाइ छ ।

यातायात कम भएका बेला सरकारी, नेपाल प्रहरी र नेपाली सेना एवं विद्यालयका सवारी चलाएर सवारी अभावको समस्या समाधान गर्न सकिनेमा सम्बन्धित निकायको ध्यान नगएको यातायात अभियानकर्मी थापाले बताए ।

वि.सं.२०७५ असोज ३० मंगलवार ०८:५९ मा प्रकाशित

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

काठमाडौ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा...

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...