back

बाह्र सय वर्ष पुरानो गुम्बाको जीर्णोद्धार गरियो

वि.सं.२०७५ कात्तिक ७ बुधवार

345 

shares
GLOBAL IME AD
NTC AD

७ कात्तिक, म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा रहेको एक हजार २५० वर्ष पुरानो नर्सिङ गुम्बा जीर्णोद्धार गरिएको छ ।

रु दुई करोड ८५ लाखको लगानीमा गुम्बा जीर्णोद्धार गरिएको मुक्तिनाथ क्षेत्र विकास समितिका अध्यक्ष हीराबहादुर ठकुरी (वाङवेल लामा)ले जानकारी दिए । जीर्णोद्धारका लागि पुरातत्व विभाग, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, तत्कालीन जिल्ला विकास समिति, मुक्तिनाथ क्षेत्र विकास समिति, स्थानीय संरक्षण समिति, जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यालयलगायतले अनुदान उपलब्ध गराएका थिए ।

गुम्बाभित्र भक्तजनले विभिन्न देवीदेवताका मूर्तिहरू राखेका छन् । गुम्बाको जीर्णोद्धारमा स्वदेशी कार्यालय र व्यक्तिको मात्र लगानी रहेको अध्यक्ष ठकुरीले बताउनुभयो । नियमित मर्मत गरिए पनि ढुङ्गा र माटोले बनेको गुम्बामा पानी चुहिने र पर्खाल भत्किने अवस्थामा पुगेको थियो ।बौद्ध धर्मका गुरु रिम्पोछेले एक हजार २५० वर्ष पहिले हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा गुम्बा निर्माण गरेका थिए । गुम्बाको संरचनालाई बलियो बनाउन माटो कुटेर एक मिटर चौडाइको पर्खाल बनाइएको छ ।

वि.सं.२०७५ कात्तिक ७ बुधवार ११:०६ मा प्रकाशित

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनको आधारमा गण्डकी प्रदेशमै...

बन्दीपुरमा पछिल्लो तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

बन्दीपुरमा पछिल्लो तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

तनहुँ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो...

स्वाइन फिभर रोगले १६ बङ्गुर मरे

स्वाइन फिभर रोगले १६ बङ्गुर मरे

तनहुँ । अफ्रिकन स्वाइन फिभर रोगबाट तनहुँमा बङ्गुर मर्न थालेका...

आज प्रेमिल जोडी रानीमहल पुग्दै

आज प्रेमिल जोडी रानीमहल पुग्दै

पाल्पा । आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर...

नेपालमा दोस्रोपटक कृष्णवक्ष चाँचर चराको अभिलेख

नेपालमा दोस्रोपटक कृष्णवक्ष चाँचर चराको अभिलेख

गण्डकी । नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रो पटक अभिलेख गरिएको...

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज...