back

सडकमै डेस्कबेञ्च राखी पठनपाठन गर्न थाले विद्यार्थीले

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

348 

shares
GLOBAL IME AD
NTC AD
९ कात्तिक, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले सडक विस्तारको नाममा वडा नं २१ कुर्थामा रहेको राजर्षी माध्यमिक विद्यालयको छ वटा कक्षाकोठा तथा पर्खाल भत्काएपछि सोको विरोधमा विद्यार्थीले सकडमै डेस्कबेञ्च राखेर पठनपाठन थालेका छन् ।

वैशाखको पहिलो साता मध्यरातमा उपमहानगरपालिकाले सडक विस्तारका नाममा डोजर लगाई विद्यालयको छ वटा कक्षाकोठा र भत्काएपछि करीब ६०० विद्यार्थीको पठनपाठन प्रभावित भएको प्राधानाध्यापक वीरेन्द्रप्रसाद यादवले जानकारी दिए ।

दशैँ बिदापछि पहिलो पटक विहिबार विद्यालय खोल्नासाथ उपमहानगरपालिकाको विरोधमा विद्यालय अगाडि नै डेस्कबेञ्च राखेर विद्यार्थीले पठनपाठन गरी विरोध जनाए । विद्यार्थी विरोध गर्दै सडकमा उत्रेपछि शिक्षकसमेत सडकमै दुई घण्टी कक्षा लिएका थिए ।

सडककै छेउमा रहेको विद्यालयका विद्यार्थीले सवारी साधनका ध्वनि र धुलोबाट प्रभावित भई विभिन्न रोगको सिकार हुन थालेकाले विरोधमा विद्यार्थी आन्दोलनमा उत्रेको विद्यालय सुधार समितिका अध्यक्ष भोगेन्द्र रायले बताए  । उपमहानगरपालिकाले यथाशीघ्र भत्काएको संरचना तयार नगरे आफूहरु सशक्त आन्दोलनमा उत्रन बाध्य हुने उनको चेतावनी थियो ।

वडा अध्यक्ष रामेश्वर महासेठले आफ्नो नातामा पर्ने भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको बलमा विद्यालय भवन भत्काउन लगाएको विद्यालयका प्रअ यादवले आरोप लगाए ।

वडाअध्यक्ष महासेठले आफ्ना नातागोताका व्यक्तिको जग्गा जोगाउन जबर्जस्ती विद्यालयको संंरचना भत्काएको यादवले बताउनुभयो । यता कुर्थाका स्थानीयले जनप्रतिनिधि भएर विद्यार्थीको भविष्यसँग खेलबाड गर्दैै सार्वजनिक सम्पत्ति मासेको आरोप लगाएका छन् ।

स्थानीय चेतनारायण साहले सडकमै रहेको वडा कार्यालय जोगाउन वडाध्यक्ष महासेठले विद्यालय भवन भत्काएर विद्यार्थीको भविष्यसँग खेलबाड गरेको बताए । वडाध्यक्ष महासेठले आफूले विद्यालय भवन भत्काउन नलगाएको दाबी गरेका छन् ।

उनकाा अनुसार विद्यालयका प्रअ आफैँले डोजर लगाई विद्यालय भवन भत्काएको उहाँको आरोप छ । तर वडाध्यक्ष महासेठ आफैँ उभेर विद्यालय भवन भत्काउन लगाएको तस्बीर आफूहरुसँग रहेको स्थानीयले बताएका छन् । रासस

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार ०९:१९ मा प्रकाशित

गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

काठमाडौं । ललितपुरको महाँकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले ‘अन्तर्राष्ट्रिय...

विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने तयारीमा पालिका

विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने तयारीमा पालिका

गोलबजार (सिरहा) । सप्तरीको बलान–बिहुल गाउँपालिकाले मातहतका विद्यालयमा स्थानीय पाठ्यक्रम...

दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण

दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण

लुम्बिनी । नेपाल प्रहरीअन्तर्गत ट्राफिक प्रहरीले सार्वजनिक सवारीका चालक तथा...

जलवायु न्यायको पैरवीका लागि सगरमाथा संवाद गरिँदै

जलवायु न्यायको पैरवीका लागि सगरमाथा संवाद गरिँदै

काठमाडौँ । पछिल्लो समय विश्वमै सबैको चासोको विषय बन्दै गएको...

कालीगण्डकी कोरिडोको बागलुङ खण्ड : पर्याप्त बजेट छैन

कालीगण्डकी कोरिडोको बागलुङ खण्ड : पर्याप्त बजेट छैन

ढोरपाटन (बागलुङ) । भारत–चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको...

कोशी प्रदेशसभा बैठक बस्दै

कोशी प्रदेशसभा बैठक बस्दै

विराटनगर । कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आज अपरान्ह २ बजे...