back
CTIZAN AD

सडकमै डेस्कबेञ्च राखी पठनपाठन गर्न थाले विद्यार्थीले

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

663 

shares
९ कात्तिक, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले सडक विस्तारको नाममा वडा नं २१ कुर्थामा रहेको राजर्षी माध्यमिक विद्यालयको छ वटा कक्षाकोठा तथा पर्खाल भत्काएपछि सोको विरोधमा विद्यार्थीले सकडमै डेस्कबेञ्च राखेर पठनपाठन थालेका छन् ।

वैशाखको पहिलो साता मध्यरातमा उपमहानगरपालिकाले सडक विस्तारका नाममा डोजर लगाई विद्यालयको छ वटा कक्षाकोठा र भत्काएपछि करीब ६०० विद्यार्थीको पठनपाठन प्रभावित भएको प्राधानाध्यापक वीरेन्द्रप्रसाद यादवले जानकारी दिए ।

दशैँ बिदापछि पहिलो पटक विहिबार विद्यालय खोल्नासाथ उपमहानगरपालिकाको विरोधमा विद्यालय अगाडि नै डेस्कबेञ्च राखेर विद्यार्थीले पठनपाठन गरी विरोध जनाए । विद्यार्थी विरोध गर्दै सडकमा उत्रेपछि शिक्षकसमेत सडकमै दुई घण्टी कक्षा लिएका थिए ।

सडककै छेउमा रहेको विद्यालयका विद्यार्थीले सवारी साधनका ध्वनि र धुलोबाट प्रभावित भई विभिन्न रोगको सिकार हुन थालेकाले विरोधमा विद्यार्थी आन्दोलनमा उत्रेको विद्यालय सुधार समितिका अध्यक्ष भोगेन्द्र रायले बताए  । उपमहानगरपालिकाले यथाशीघ्र भत्काएको संरचना तयार नगरे आफूहरु सशक्त आन्दोलनमा उत्रन बाध्य हुने उनको चेतावनी थियो ।

वडा अध्यक्ष रामेश्वर महासेठले आफ्नो नातामा पर्ने भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको बलमा विद्यालय भवन भत्काउन लगाएको विद्यालयका प्रअ यादवले आरोप लगाए ।

वडाअध्यक्ष महासेठले आफ्ना नातागोताका व्यक्तिको जग्गा जोगाउन जबर्जस्ती विद्यालयको संंरचना भत्काएको यादवले बताउनुभयो । यता कुर्थाका स्थानीयले जनप्रतिनिधि भएर विद्यार्थीको भविष्यसँग खेलबाड गर्दैै सार्वजनिक सम्पत्ति मासेको आरोप लगाएका छन् ।

स्थानीय चेतनारायण साहले सडकमै रहेको वडा कार्यालय जोगाउन वडाध्यक्ष महासेठले विद्यालय भवन भत्काएर विद्यार्थीको भविष्यसँग खेलबाड गरेको बताए । वडाध्यक्ष महासेठले आफूले विद्यालय भवन भत्काउन नलगाएको दाबी गरेका छन् ।

उनकाा अनुसार विद्यालयका प्रअ आफैँले डोजर लगाई विद्यालय भवन भत्काएको उहाँको आरोप छ । तर वडाध्यक्ष महासेठ आफैँ उभेर विद्यालय भवन भत्काउन लगाएको तस्बीर आफूहरुसँग रहेको स्थानीयले बताएका छन् । रासस

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार ०९:१९ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...