back
CTIZAN AD

प्रदेश नं ५ ले शुरु गर्ने भयो ‘विद्यालयका लागि मेरो एक दिन’ अभियान

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

633 

shares

९ कात्तिक, बुटवल । प्रदेश नं ५ सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न ‘विद्यालयका लागि मेरो एक दिन’ शैक्षिक अभियान सञ्चालन गर्ने भएको छ ।

विहिबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास मन्त्रालयको प्रस्तावमा उक्त अभियान सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए ।

यसैगरी बैठकले प्रदेशको प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, अन्तरप्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा जिल्लासभा र जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई आगामी प्रदेशसभा बैठकमा प्रस्तुत गर्न स्वीकृित प्रदान गर्ने निर्णय गरेको पनि उहाँले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्यस्तै प्रदेश नं ५ पशु बधशाला तथा मासु जाँच गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं ५ पशु स्वास्थ्य तथा पशु सेवा विधेयकलाई पनि आगामी प्रदेशसभामा प्रस्तुत गर्न स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

यसैगरी प्रदेश नं ५ प्रदेश विकास प्राधिकरण सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयक–२०७५, प्रादेशिक भवन निर्माण कार्यलाई व्यवस्थित गर्न बन्ने विधेयक– २०७५ को अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।

बैठकले सवारी तथा यातायात व्यवस्था गर्न बन्ने विधेयक २०७५, लोकमार्ग निर्माण एवं व्यवस्था गर्न बन्ने विधेयक २०७५, प्राकृतिक सम्पदा सम्बन्धी व्यवस्था गर्न बन्ने विधेयक २०७५, सामाजिक सुरक्षा सम्बन्धी व्यवस्था गर्न बन्ने विधेयक २०७५ र बालबालिकाको अधिकार सम्बन्धी व्यवस्था गर्न बन्ने विधेयक २०७५ का अवधारणा पत्रमा समेत सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

त्यस्तै प्रदेश स्वयंसेवक परिचालन सम्बन्धी कार्यविधी २०७५ र प्रदेश मामिला सूचना केन्द्र सञ्चालन निर्देशिका २०७५ लाई समेत बैठकले स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।

उनले भने। “प्रदेशसभाको आगामी हिउँदे अधिवेशनमा झन्डै ११६ विभिन्न ऐन, कार्यविधि र नियमावली लैजाने तयारीका साथ सरकारले मस्यौदा तयार गरिरहेको छ ।”

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार ०९:३२ मा प्रकाशित

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...