back

नेपालका एतिहासिक सम्पदाको फोटो हुलाकमार्फत आफ्नो देश पठाउछन् पर्यटक

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

315 

shares
GLOBAL IME AD
NTC AD

९ कात्तिक, काभे्रपलाञ्चोक । काभ्रेपलाञ्चोकको जिल्ला हुलाक कार्यालय धुलिखेलबाट विदेशी नागरिकले समेत सेवा लिन थालेका छन् । नेपालको ऐतिहासिक सम्पदा एवं पर्यटकीय स्थल घुमेर यहाँको पर्यटकीय स्थल धुलिखेल आउने विदेशी नागरिकले हुलाकमार्फत ती स्थल र सम्पदाको पोष्टकार्ड तथा तस्वीर आफ्नो देश पठाउने गरेका हुन् ।

जिल्ला हुलाक प्रमुख पदमबहादुर खत्रीले विशेषगरी युरोपका नागरिकले यहाँका पर्यटकीय स्थल र ऐतिहासिक सम्पदाको पोष्टकार्ड तथा तस्वीर हुलाकमार्फत आफ्नो देश पठाउने गरेको बताउछन् ।

उनले भने, “दैनिकरुपमा धुलिखेल घुम्न आउनेमध्ये १५ देखि २० जनासम्म विदेशी नागरिकले आफ्नो देशमा पोष्टकार्ड पठाउँछन्न् ।” उनका अनुसार सूचना प्रविधिका अन्य साधन हुँदाहुँदै विदेशी नागरिकले ‘हार्ड डकुमेण्ट’का लागि हुलाकको सहायता लिने गरेका हुन् ।

मुलुकमा स्थानीय निकायको निर्वाचन तथा सङ्घीय संरचनामा गएपछि जिल्ला हुलाक कार्यालय धुलिखेलबाट चिट्ठीपत्र आदानप्रदानको चाप बढ्दै गएको छ । प्रदेशका मन्त्रालय एवं कार्यालय, जिल्लास्थित कार्यालय तथा स्थानीय तहका कार्यालयका पत्रको चाप बढ्दै गएको हो ।

कार्यालय प्रमुख खत्रीले स्थानीय तह एवं सङ्घीय संरचनाका कारण हुलाकमा चहलपहल बढेको बताउनुभयो । उनले भने, “प्रदेशदेखि स्थानीय तहसम्मका चिट्ठीपत्र आदानप्रदानको काम बढेको छ, अहिले दैनिक १५० भन्दाबढी पत्र हुलाकबाट आदानप्रदान हुन्छ ।” उनका अनुसार केही कुरियर कम्पनीले पनि हुलाकको सहायता लिने गरेका छन् भने मासिक सरदर ५० वटासम्म पत्र विदेशमा आफन्तबाट आवतजावत हुने गरेको छ ।

बिहीबार मात्र जिल्ला वन कार्यालयले ९४ वटा पत्र अन्य जिल्ला कार्यालयलाई पठाएको हल्कारा मङ्गला भूर्तेलले बताए । उनका अनुसार जिल्ला हुलाकबाट मात्रै दैनिक रु सातदेखि रु आठ हजारसम्म टिकट बिक्री हुने गरेको छ ।

कार्यालयका अनुसार काठमाडौँ विश्वविद्यालय, सरकारी एवं निजी बैंक, अस्पताल, सहकारी संस्था तथा गैरसरकारी संस्थाले आफ्ना औपचारिक पत्र हुलाकमार्फत पठाउने गरेका छन् । छ वटा नगरपालिका तथा सात वटा गाउँपालिका रहेको काभे्रपलाञ्चोकमा १३ वटा इलाका हुलाक कार्यालय छन् ।

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार १५:२५ मा प्रकाशित

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

काठमाडौँ । सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि एक...

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले...

घाँसखेतीले पशुपालक किसानलाई सहज

घाँसखेतीले पशुपालक किसानलाई सहज

रञ्जिता अधिकारी/देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम...

एमाले विहादी गाउँ कमिटिको अध्यक्षमा दुर्गाप्रसाद भुसाल

एमाले विहादी गाउँ कमिटिको अध्यक्षमा दुर्गाप्रसाद भुसाल

काठमाडौँ । नेकपा एमाले विहादी गाउँपालिकाको अध्यक्षमा दुर्गाप्रसाद भुसाल सर्वसम्मतले...

महसुल नतिर्ने ग्राहकका लाइन काट्दै प्राधिकरण

महसुल नतिर्ने ग्राहकका लाइन काट्दै प्राधिकरण

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार...

कांग्रेस नेतृ आचार्यको निधन

कांग्रेस नेतृ आचार्यको निधन

दमौली (तनहुँ) । नेपाल महिला सङ्घ तनहुँकी पूर्वसभापति शशी आचार्यको...