back
CTIZAN AD

नेपालका एतिहासिक सम्पदाको फोटो हुलाकमार्फत आफ्नो देश पठाउछन् पर्यटक

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

672 

shares

९ कात्तिक, काभे्रपलाञ्चोक । काभ्रेपलाञ्चोकको जिल्ला हुलाक कार्यालय धुलिखेलबाट विदेशी नागरिकले समेत सेवा लिन थालेका छन् । नेपालको ऐतिहासिक सम्पदा एवं पर्यटकीय स्थल घुमेर यहाँको पर्यटकीय स्थल धुलिखेल आउने विदेशी नागरिकले हुलाकमार्फत ती स्थल र सम्पदाको पोष्टकार्ड तथा तस्वीर आफ्नो देश पठाउने गरेका हुन् ।

जिल्ला हुलाक प्रमुख पदमबहादुर खत्रीले विशेषगरी युरोपका नागरिकले यहाँका पर्यटकीय स्थल र ऐतिहासिक सम्पदाको पोष्टकार्ड तथा तस्वीर हुलाकमार्फत आफ्नो देश पठाउने गरेको बताउछन् ।

उनले भने, “दैनिकरुपमा धुलिखेल घुम्न आउनेमध्ये १५ देखि २० जनासम्म विदेशी नागरिकले आफ्नो देशमा पोष्टकार्ड पठाउँछन्न् ।” उनका अनुसार सूचना प्रविधिका अन्य साधन हुँदाहुँदै विदेशी नागरिकले ‘हार्ड डकुमेण्ट’का लागि हुलाकको सहायता लिने गरेका हुन् ।

मुलुकमा स्थानीय निकायको निर्वाचन तथा सङ्घीय संरचनामा गएपछि जिल्ला हुलाक कार्यालय धुलिखेलबाट चिट्ठीपत्र आदानप्रदानको चाप बढ्दै गएको छ । प्रदेशका मन्त्रालय एवं कार्यालय, जिल्लास्थित कार्यालय तथा स्थानीय तहका कार्यालयका पत्रको चाप बढ्दै गएको हो ।

कार्यालय प्रमुख खत्रीले स्थानीय तह एवं सङ्घीय संरचनाका कारण हुलाकमा चहलपहल बढेको बताउनुभयो । उनले भने, “प्रदेशदेखि स्थानीय तहसम्मका चिट्ठीपत्र आदानप्रदानको काम बढेको छ, अहिले दैनिक १५० भन्दाबढी पत्र हुलाकबाट आदानप्रदान हुन्छ ।” उनका अनुसार केही कुरियर कम्पनीले पनि हुलाकको सहायता लिने गरेका छन् भने मासिक सरदर ५० वटासम्म पत्र विदेशमा आफन्तबाट आवतजावत हुने गरेको छ ।

बिहीबार मात्र जिल्ला वन कार्यालयले ९४ वटा पत्र अन्य जिल्ला कार्यालयलाई पठाएको हल्कारा मङ्गला भूर्तेलले बताए । उनका अनुसार जिल्ला हुलाकबाट मात्रै दैनिक रु सातदेखि रु आठ हजारसम्म टिकट बिक्री हुने गरेको छ ।

कार्यालयका अनुसार काठमाडौँ विश्वविद्यालय, सरकारी एवं निजी बैंक, अस्पताल, सहकारी संस्था तथा गैरसरकारी संस्थाले आफ्ना औपचारिक पत्र हुलाकमार्फत पठाउने गरेका छन् । छ वटा नगरपालिका तथा सात वटा गाउँपालिका रहेको काभे्रपलाञ्चोकमा १३ वटा इलाका हुलाक कार्यालय छन् ।

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार १५:२५ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...