
११ कात्तिक, काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमा सबैभन्दा बढी शिक्षक रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरी माथि भएको अनुसन्धानमा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रमार्फत् जागिर खानेमध्ये धेरै शिक्षक भेटिएका छन् । दरबन्दी भएको तर कम प्रतिश्पर्धा हुने स्थानमा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर शिक्षकको जागिर खाने गरेको भेटिएको समाचार आजको नागरिक दैनिकमा रहेको छ ।
बिशेषगरीभारतको बिहारलगायतका स्थानबाट ल्याइएका शैक्षिक प्रमाणपत्र नक्कली भेटिने गरेको अख्तियारले जनाएको छ ।
वि.सं.२०७५ कात्तिक ११ आइतवार ०८:२९ मा प्रकाशित






























