back
CTIZAN AD

बिज्ञहरु भन्छन्–२० लाख पर्यटक भित्राउन दक्ष जनशक्ति पनि चाहिन्छ

वि.सं.२०७५ कात्तिक ११ आइतवार

564 

shares

११ कात्तिक, काठमाडौँ । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्यसहित सरकारले सञ्चालन गर्न लागेको नेपाल भ्रमण वर्षलाई सफल पार्न दक्ष र सीपयुक्त शिक्षित होटल व्यवस्थापनका जनशक्ति आवश्यक पर्ने सम्बद्ध विज्ञहरूले औँल्याएका छन् ।

ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज) को आठौँ दीक्षान्त समारोहमा पर्यटन क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उनीहरुले पर्यटन क्षेत्रमा व्यापक रोजगारीका अवसरहरू सिर्जना हुँदै गएको भए पनि अझै दक्ष जनशक्तिको अभाव खड्किएको बताएका छन् ।

अन्तराष्ट्रिय पर्यटन शिक्षाविद् डा बर्न भान वाल्विकले २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सार्थक तुल्याउन होटल व्यवस्थापनमा दक्ष जनशक्तिको आवश्यकता भएको बताए । उनले भने, “भर्खरै मात्र लोन्लीप्लानेटले काठमाडौँलाई विश्वकै घुम्नै पर्ने शहरभित्र समेटेको छ, हिल्टन ग्रुपले विश्वभरि नै आफ्ना नयाँ होटलहरू खोल्दैछ, हिल्टनजस्ता अरू थुप्रै पाँचतारे होटल नेपालमा पनि खुल्नेछन् त्यतिखेर यहाँ नै पर्याप्त दक्ष जनशक्तिको खाँचो हुनेछ ।”

स्विजरल्याण्डको स्विस होटल एशोसिएशन होटलरी स्विसका सञ्चार तथा बजारीकरण प्रमुख प्याट्रिक स्कोनबर्गले विश्वभरि नै पर्यटनसँग सम्बन्धित दक्ष जनशक्तिको माग बढ्दै गएको अवस्थामा यहाँ उत्पादित दक्ष जनशक्तिले स्वदेशमा मात्र नभई विदेशमा समेत उत्तिकै अवसर पाउने बताए । नेपालका लागि स्विजरल्याण्डका राजदूत एजिलावेथ भान कप्लरले नेपालको पर्यटन र समग्र विकासका लागि स्विजरल्याण्डले ६० को दशकदेखि नै सहयोग गर्दै आउनुका साथै गेट कलेजले पनि नेपालमा अन्तर्राट्रियस्तरको पर्यटन शिक्षा प्रदान गर्दै आएको चर्चा गरेका थिए ।

गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले विश्व पर्यटन बजारमा प्रतिस्पर्धात्मक रूपमा उभ्याउन सक्ने गरी आफूहरूले जनशक्ति उत्पादनमा जोड दिँदै आएको बताए । दीक्षान्त समारोहमा १५औँ र १६औँ ब्याचका ९७ विद्यार्थी दीक्षित भएका गेट कलेजले जनाएको छ । उक्त कलेजमा हालसम्म नेपालभित्रबाहेक १९ मुलुकबाट करीब ४०० विद्यार्थीले होटल व्यवस्थापनको स्नातक तह अध्यययन गरिसेकेका छन् ।

वि.सं.२०७५ कात्तिक ११ आइतवार १३:५२ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...