back

ताराखोलामा पचास लाखको लागतमा माछापालन

वि.सं.२०७५ कात्तिक ११ आइतवार

489 

shares
GLOBAL IME AD
NTC AD
११ कात्तिक, बागलुङ । ताराखोला गाउँपालिका–४ छम्टुमा रु ५० लाखको लागतमा माछापालन शुरु गरिएको छ । ‘ताराखोला बहुउद्देश्यीय रेम्बो ट्राउट माछा फार्म’ स्थापना गरी नौ पोखरीमा माछापालन थालिएको छ ।

सञ्चालक सुवास राजभण्डारीले अझै १० पोखरी थप्ने योजना रहेको बताए । सो फार्ममा गण्डकी प्रदेशसभा सदस्य दीपा रोका, ताराखोला गाउँपालिका–४ का वडाध्यक्ष जीतबहादुर खत्री र पदम खत्रीको समेत लगानी रहेको छ । जग्गा खरिद र संरचना निर्माण गर्न रु ५० लाखभन्दा बढी खर्च भएको राजभण्डारीले बताए । “पोखरीमा छाडिएका माछा दुई महीनापछि बिक्री गर्न सकिनेछ,” उनले भने ।

छ महिना अघि पोखरीमा १३ हजार रेम्बो ट्राउट जातको माछाको भुरा छाडिएको छ । हाल सात हजार भुरा मात्र पोखरीमा छन् । भुरा नुवाकोटबाट खरिद गरेर ल्याइएको हो । एउटा भुराको मूल्य रु १२ परेको बताइएको छ । जापानी प्रजातिको रेम्बो ट्राउट माछा स्वास्थ्यका लागि उत्कृष्ट मानिन्छ । बजारमा यसको माग अत्यधिक रहेको छ । “तयार नहुँदै माग आउन थालिसक्यो,” सञ्चालक खत्रीले भने ।

हाल उत्पादन भएको माछा गाउँमै खपत हुने गरेको छ । प्रतिकिलो रु एक हजार १०० मा माछा बिक्री भइरहेको छ । ठूला होटल तथा रेष्टुराँको रोजाइमा ट्राउट माछा पर्ने गरेको छ । माछापालनसँगै छम्टुमा होटल, रेष्टुराँ खोल्ने लक्ष्य व्यवसायीको छ । “थप पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना छ”, खत्रीले भने । फार्ममा चार जनाले रोजगारी पाएका छन् । माछापालनसँगै स्थानीय जातको कुखुरापालन पनि यहाँ शुरु गरिएको छ ।

वि.सं.२०७५ कात्तिक ११ आइतवार १४:०५ मा प्रकाशित

हत्या गरी फरार अभियुक्तलाई पक्राउ गर्न माग

हत्या गरी फरार अभियुक्तलाई पक्राउ गर्न माग

बारा । दुई साताअघि यहाँको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म...

पर्यटक भित्र्याउन सडक निर्माण

पर्यटक भित्र्याउन सडक निर्माण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका...

कर्णाली नदीको बगरमा प्याजखेती गर्दै किसान

कर्णाली नदीको बगरमा प्याजखेती गर्दै किसान

टीकापुर । कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती...

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ...

नुब्री भ्यालीमा हिमपात

नुब्री भ्यालीमा हिमपात

गोरखा । उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ ।...

पर्सामा वन जोगाउनै मुस्किल

पर्सामा वन जोगाउनै मुस्किल

वीरगञ्ज (पर्सा) । पर्सा जिल्लामा तीन साझेदारी वन र त्यसको...