back
CTIZAN AD

ताराखोलामा पचास लाखको लागतमा माछापालन

वि.सं.२०७५ कात्तिक ११ आइतवार

813 

shares
११ कात्तिक, बागलुङ । ताराखोला गाउँपालिका–४ छम्टुमा रु ५० लाखको लागतमा माछापालन शुरु गरिएको छ । ‘ताराखोला बहुउद्देश्यीय रेम्बो ट्राउट माछा फार्म’ स्थापना गरी नौ पोखरीमा माछापालन थालिएको छ ।

सञ्चालक सुवास राजभण्डारीले अझै १० पोखरी थप्ने योजना रहेको बताए । सो फार्ममा गण्डकी प्रदेशसभा सदस्य दीपा रोका, ताराखोला गाउँपालिका–४ का वडाध्यक्ष जीतबहादुर खत्री र पदम खत्रीको समेत लगानी रहेको छ । जग्गा खरिद र संरचना निर्माण गर्न रु ५० लाखभन्दा बढी खर्च भएको राजभण्डारीले बताए । “पोखरीमा छाडिएका माछा दुई महीनापछि बिक्री गर्न सकिनेछ,” उनले भने ।

छ महिना अघि पोखरीमा १३ हजार रेम्बो ट्राउट जातको माछाको भुरा छाडिएको छ । हाल सात हजार भुरा मात्र पोखरीमा छन् । भुरा नुवाकोटबाट खरिद गरेर ल्याइएको हो । एउटा भुराको मूल्य रु १२ परेको बताइएको छ । जापानी प्रजातिको रेम्बो ट्राउट माछा स्वास्थ्यका लागि उत्कृष्ट मानिन्छ । बजारमा यसको माग अत्यधिक रहेको छ । “तयार नहुँदै माग आउन थालिसक्यो,” सञ्चालक खत्रीले भने ।

हाल उत्पादन भएको माछा गाउँमै खपत हुने गरेको छ । प्रतिकिलो रु एक हजार १०० मा माछा बिक्री भइरहेको छ । ठूला होटल तथा रेष्टुराँको रोजाइमा ट्राउट माछा पर्ने गरेको छ । माछापालनसँगै छम्टुमा होटल, रेष्टुराँ खोल्ने लक्ष्य व्यवसायीको छ । “थप पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना छ”, खत्रीले भने । फार्ममा चार जनाले रोजगारी पाएका छन् । माछापालनसँगै स्थानीय जातको कुखुरापालन पनि यहाँ शुरु गरिएको छ ।

वि.सं.२०७५ कात्तिक ११ आइतवार १४:०५ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...