back
CTIZAN AD

एकै दिन तीन आयोजनासँग पिपिए सम्झौता

वि.सं.२०७५ कात्तिक ११ आइतवार

654 

shares

११ कात्तिक,काठमाडौँ  । नेपाल विद्युत् प्राधिकरणले १४० मेगावाट क्षमताका तीन जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ ।

प्राधिकरणले आज सुपर त्रिशूली, दूधखोला र मच्छेखोला जलविद्युत् आयोजनासँग सम्झौता गरेको हो । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार ब्लु इनर्जीले निर्माण गर्ने ७० मेगावाट क्षमताको सुपर त्रिशूलीको विद्युत् खरिद सम्झौता भएको छ ।

सो आयोजनाको क्षमता १०० मेगावाट बराबर हुने भए पनि तत्कालका लागि प्राधिकरणले ७० मेगावाट मात्रै खरिद गर्न लागेको हो । सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका कार्यकारी निर्देशक बरुण सराफले हस्ताक्षर गरे ।

सम्झौताअनुसार सो आयोजनाबाट उत्पादित विद्युत् हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र बर्खामा प्रतियुनिट चार रुपैयाँ ८० पैसामा प्राधिकरणले खरिद गर्नेछ । आगामी छ महीनाभित्र वित्तीय व्यवस्थापन गरेर आयोजना निर्माणमा जाने प्रवद्र्धक ब्लु इनर्जीले जनाएको छ ।

आयोजनाको विद्युत्गृहमा ३३.३३ मेगावाट क्षमताका तीन वटा टर्वाइन राखिनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् १८ किलोमिटर दूरीको २२० केभी न्यू मार्किचोक सवस्टेसनमा लगेर जोडिनेछ ।

यसैगरी आज नै मनाङमा आयोजना स्थल रहेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजनाको पनि विद्युत् खरिद सम्झौता भएको छ । सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र प्रवद्र्धक सीता हाइड्रो पावर कम्पनीका निर्देशक सतिस तिम्सिनाले हस्ताक्षर गरे ।

त्यस्तै प्राधिकरणले आजै विकास हाइड्रो पावरले निर्माण गर्न लागेको ४.५५ मेगावाट क्षमताको मच्छेखोला जलविद्युत् आयोजनाको समेत विद्युत् खरिद सम्झौता भएको छ । ती आयोजनाले आगामी छ महीनाभित्र वित्तीय व्यवस्थापन गरी निर्माणमा जाने प्रतिबद्धता जनाएका छन् ।

वि.सं.२०७५ कात्तिक ११ आइतवार २०:२५ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...