back

एकै दिन तीन आयोजनासँग पिपिए सम्झौता

वि.सं.२०७५ कात्तिक ११ आइतवार

333 

shares
GLOBAL IME AD
NTC AD

११ कात्तिक,काठमाडौँ  । नेपाल विद्युत् प्राधिकरणले १४० मेगावाट क्षमताका तीन जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ ।

प्राधिकरणले आज सुपर त्रिशूली, दूधखोला र मच्छेखोला जलविद्युत् आयोजनासँग सम्झौता गरेको हो । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार ब्लु इनर्जीले निर्माण गर्ने ७० मेगावाट क्षमताको सुपर त्रिशूलीको विद्युत् खरिद सम्झौता भएको छ ।

सो आयोजनाको क्षमता १०० मेगावाट बराबर हुने भए पनि तत्कालका लागि प्राधिकरणले ७० मेगावाट मात्रै खरिद गर्न लागेको हो । सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका कार्यकारी निर्देशक बरुण सराफले हस्ताक्षर गरे ।

सम्झौताअनुसार सो आयोजनाबाट उत्पादित विद्युत् हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र बर्खामा प्रतियुनिट चार रुपैयाँ ८० पैसामा प्राधिकरणले खरिद गर्नेछ । आगामी छ महीनाभित्र वित्तीय व्यवस्थापन गरेर आयोजना निर्माणमा जाने प्रवद्र्धक ब्लु इनर्जीले जनाएको छ ।

आयोजनाको विद्युत्गृहमा ३३.३३ मेगावाट क्षमताका तीन वटा टर्वाइन राखिनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् १८ किलोमिटर दूरीको २२० केभी न्यू मार्किचोक सवस्टेसनमा लगेर जोडिनेछ ।

यसैगरी आज नै मनाङमा आयोजना स्थल रहेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजनाको पनि विद्युत् खरिद सम्झौता भएको छ । सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र प्रवद्र्धक सीता हाइड्रो पावर कम्पनीका निर्देशक सतिस तिम्सिनाले हस्ताक्षर गरे ।

त्यस्तै प्राधिकरणले आजै विकास हाइड्रो पावरले निर्माण गर्न लागेको ४.५५ मेगावाट क्षमताको मच्छेखोला जलविद्युत् आयोजनाको समेत विद्युत् खरिद सम्झौता भएको छ । ती आयोजनाले आगामी छ महीनाभित्र वित्तीय व्यवस्थापन गरी निर्माणमा जाने प्रतिबद्धता जनाएका छन् ।

वि.सं.२०७५ कात्तिक ११ आइतवार २०:२५ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

बन्दीपुरमा पछिल्लो तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

बन्दीपुरमा पछिल्लो तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

तनहुँ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो...

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमिय दर...

समितिद्वारा तरकारी र फलफूलको थोक मूल्य निर्धारण

समितिद्वारा तरकारी र फलफूलको थोक मूल्य निर्धारण

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि...

मालपोत कार्यालयद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

मालपोत कार्यालयद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

भद्रपुर (झापा) । यहाँस्थित भूमिसुधार तथा मालपोत कार्यालयले चालु आर्थिक...

तोलामा तेइस सयले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

तोलामा तेइस सयले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज...