
१२ कात्तिक, काठमाडौं । प्रा.डा गोविन्द केसीले सरकारले आफूलाई ‘ब्लाकमेल’ गर्न खोजेको आरोप लगाएका छन् । उनले भनेका छन् ‘सरकारले म सँग १५ औं पटक पनि सहमति गर्यो । तर, कार्यान्वयन गरेको छैन । सहमति विरुद्ध शिक्षामन्त्री गिरीराजमणि पोखरेल लगायत सत्तामा रहेका दलका नेताहरु नै लागिरहेका छन् । हामीसँग भएको सहमति विरुद्ध शिक्षामन्त्रीले सिटीइभिटीबाट ठूलो संख्यामा कलेजलाई सम्बन्धन दिएका छन् । शिक्षामन्त्री नै आर्थिक चलखेलमा लागेका कारण चिकित्सा शिक्षा ऐन अझै बन्न सकेको छैन ।
संसद्को अधिबेशन सकिने अन्तिम दिन मलाई शिक्षामन्त्रीले ‘ब्ल्याकमेलिङ’ गरे । सिटीइभिटीको सम्बन्धनमा अबरोध नगर्ने भए राति १० बजेसम्म बसेर तपाइको मागअनुसार चिकित्सा शिक्षा ऐन टुंगोमा पु¥याउँछौं –यो शिक्षामन्त्रीको भनाई थियो । उनीहरुले गरेको यो अपराध हो, पाप हो । ’आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
वि.सं.२०७५ कात्तिक १२ सोमवार ०८:३१ मा प्रकाशित




























