back
CTIZAN AD

अस्पताल प्रमुख सरुवा भएपछि सेवा प्रभावित

वि.सं.२०७५ कात्तिक १२ सोमवार

558 

shares

१२ कात्तिक, बाँके । एउटै पूर्वाधार र उस्तै जनशक्ति भए पनि प्रमुखको जथाभावी हेरफेरले सरकारी अस्पतालको व्यवस्थापनमा कस्तो प्रभाव पर्छ भन्ने उदाहरण नेपालगञ्जस्थित भेरी अञ्चल अस्पताललाई हेर्न सकिन्छ । स्थापनाकालदेखि हालसम्म उक्त अस्पताल लगभग निमित्त मेडिकल सुपरिटेन्डेण्टका भरमा चलिरहेको छ ।

राजनीतिक हस्तक्षेपले सरकार परिवर्तनसँगै सरकारी अस्पतालमा प्रमुख फेरिने गरेका छन् । बितेको १० वर्षमा भेरी अञ्चल अस्पतालमा ११ पटक प्रमुख फेरिएका छन् । तीमध्ये आठ जना त निमित्त भएका छन् । स्थापनाकालदेखि अहिलेसम्म भएकामध्ये केही निमित्त मेसु स्वास्थ्य नियमावली विपरीत पनि नियुक्त भएको तथ्य खुलेको छ ।

स्वास्थ्य नियमावलीअनुसार जनरल हेल्थ समूहबाट मात्र प्रमुख मेडिकल सुपरिटेन्डेण्ट नियुक्ति गर्न पाउने व्यवस्था छ तर, निमित्तका रूपमा रेडियोलोजिस्ट पनि यस अस्पतालका प्रमुख भएका छन् । विगतमा सरकारले विनोद ढकाललाई प्रमुख मेडिकल सुपरिटेण्डेटमा नियुक्त गरेको थियो । अस्पतालले दिएको तथ्याङ्कअनुसार अहिलेसम्म तीन जना मात्रै प्रमुखका रूपमा नियुक्त भएका छन् भने अन्य सबै निमित्त नियुक्त भएका हुन् ।

यसअघि सरकारले गत वर्ष प्रकाश थापालाई निमित्त मेसुमा नियुक्त गरेको थियो तर, राजनीतिक हस्तक्षेपका कारण उनी छोटो समयमै उक्त पदबाट निकालिएका छन् । अहिले उक्त स्थानमा डा रूपानन्द अधिकारीलाई निमित्त मेसु तोकिएको छ । अहिले पनि एक वर्षदेखि भेरी अञ्चल अस्पताल निमित्त प्रमुखकै भरमा चलिरहेको छ । तीनतीन महीनामा निमित्त प्रमुख फेरिने गरेकाले विकासे काम मात्र होइन उपचारका लागि आउने बिरामीसमेत समस्यामा पर्न थालेका छन् ।

अस्पतालको कामकारवाही र विकासका योजनाबारे जानकारी लिन नपाउँदै निमित्त प्रमुख फेरिने गरेकाले समस्या हुने गरेको चिकित्सकले बताएका छन् । विशेषज्ञ चिकित्सकको अभावमा अस्पतालमा बिरामीले सामान्य उपचार पाउने गरेका छन् । बिरामी महँगो पैसा तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य छन् । राजनीतिक खिचातानीका कारण छिटोछिटो प्रमुख फेरिने गरेको अस्पतालका कर्मचारीले बताएका छन् ।

वि.सं.२०७५ कात्तिक १२ सोमवार ०९:१० मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...