back
CTIZAN AD

अमेरिकामा २५ हजार भन्दा कम डलरमै गर्न सकिन्छ फ्रेन्चाइज व्यवसाय

वि.सं.२०७५ कात्तिक १२ सोमवार

1.6K 

shares

तपाई भन्नुहोला अमेरिकामा ब्यबसाय गर्न त लाखौ लाख डलर लाग्ला ? त्यत्रो डलर कहाबाट ल्याउने, कसरि जुटाउने, कुन स्रोतबाट त्यत्रो डलर जुट्ला त​ ? न आत्तिनुहोस अब​। तपाईले अमेरिकामा २५ हज्जार डलर भन्दा मुनि नै फ्रेन्चाइज ब्यबसाय गर्न सक्नु हुनेछ​। कुनै कुनै ब्यबसाय वा फ्रेन्चाइज २० हज्जार वा १० हज्जार भन्दा मुनिकै डलरबाट ब्यबसाय गर्न सक्नु हुनेछ अमेरिकामा।

तर​, त्यसका लागि आफु बसेको राज्य​, स्थान वा ठाउमा सम्भब हुन सक्ने, उपलब्ध हुन सक्ने वा पायक एबम सम्भाबना भ​एको क्षेत्रमा लगानि गर्न सक्नु हुनेछ​। त्यसका लागि तपाई एक्लै हुनुहुन्न। तपाइ सङ्ग मात्र लगाव​, इच्छा शक्ति र समय चाहि जुटाउनु पर्नेछ​। फ्रेन्चाइज ब्यबसाय भनेको एक वा एक भन्दा बढि ब्याक्ति वा समुह एबम क्षेत्रबाट स्थापित भैसकेको ब्यबसायिक ब्राण्ड वा नाम हो। जसले आफ्नो फ्रेन्चाइज ब्यबसायको नियम​, सिमामा रहेर तपाईलाइ ब्यबसायिक पहुच जोडिदिन्छ​, उसको नाम​, ब्राण्ड प्रयोग गर्न दिनेछ जसबाट अमेरिकि बजार र उपभोक्ताहरु खोजिरहनु पर्ने वा शुन्यबाटै शुरु गर्नु पर्ने अबस्था रहने छैन​। उसको निम्नतम शुल्क​, उसको सिमा, नियम र कम्प्लायन्स भित्र रहि तपाईको सिड मनि, तपाईको ज्ञान​, शिप​, श्रम​, तपाईको समय र तपाईको लगाबलाइ सम्मान गर्दै तपाईलाई ब्यबसायिक सहजताको मार्ग खुलाइ दिन्छ​।

अब रह्यो तपाईको काम यत्ति मात्रै हो कि केहि दिन​, केहि घन्टा अनलाइन कम्युटरमा बसि आफ्नो राज्य र ठाउमा उपलब्ध हुनसक्ने, सम्भाबना भ​एका र सम्भाबित फ्रेन्चाइज ब्यबसाय हन्टिङ्ग गर्ने ? त्यसका लागि तपाईसँग सामान्य अङ्रेजि पढ्न र बुझ्न सक्ने ज्ञान चाहि हुनु पर्यो। तपाईसँग भ​एको केहि हज्जार डलर त्यो पनि २५ हज्जार भन्दा मुनि कुन कुन ब्यबसाय सम्भब हुन सक्दछ जुन तपाईले थेग्न​, धान्न र चलाउन सक्नु हुनेछ​।

आज तपाईहरुका निमित्त एउटा गतिलै स्रोत खोजिदिएको छु। फेन्चाइज अपुरच्युनिटिज डट कम  www.franchiseopportunities.com मा गएर तपाईको निम्नतम आर्थिक स्रोतको सिमा अन्तर्गत तपाई कहा बस्ने, कुन राज्यमा बस्ने, कुन ब्यबसाय प्रति तपाईको चाख छ र त्यसका लागि कुन फ्रेन्चाइज कम्पनि तपाईलाई चाहिने हो र कुन फ्रेन्चाइज उपयुक्त हो र तिनको पुर्ण जानकारि र बेलिबिस्तार सहित सबै भेट्नु हुनेछ​। तपाईले उक्त वेबपेज खोतलेर हेर्दा तपाईले भनेजस्तो सोचेजस्तो सानै रकमबाटै थुप्रै प्रशस्तै फ्रेन्चाइज ब्यबसायहरु भेट्नु हुनेछ​।

अध्ययन गर्दा, खोजि गर्दा केहि कुरा बुझ्न सक्नु भ​एन​, कुनै कुराको थप जानकारि तपाईलाई आबश्यकता पर्यो, तपाई भ्रममा पर्नु भयो र तपाईलाई थप सुझाब आबश्यक पर्यो भने जुनसुकै बेला पनि मलाइ सम्पर्क गर्न सक्नु हुनेछ​। तपाइहरुको हितका निमित्त सधै हाजिर छु।

वि.सं.२०७५ कात्तिक १२ सोमवार ११:५४ मा प्रकाशित