२८ अक्टोबर,लण्डन । वेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिको आयोजनामा चियापान कार्यक्रम सम्पन्न गरिएको छ । समितिले वेलायतस्थित नेपाली समुदायसंग दशैं तथा तिहारको अवसरमा शुभकामना आदानप्रदान गर्ने उदेश्यले चियापान कार्यक्रमको आयोजना गरेको समितिका प्रवक्ता खुशी लिम्बूले जानकारी दिए ।
समितिको आयोजनामा प्लम्स्टेडमा आयोजित कार्यक्रमलाई प्रमुखअतिथिको आसनबाट सम्वोधन गर्दै नेपाल तरुण दलका महामन्त्रि झुपेन्द्रजङ्ग शाहीले नेपाली कांग्रेसलाई देशी विदेशी शक्ति मिलेर चुनाव हराएको जिकीर गरे । उनले नेपाली कांग्रेसलाई ऐहासिक रुपमै अलोकप्रिय बनाउन नेपालको मिडियाले समेत भूमिका खेलेको वताए । उनले नेपाली कांग्रेसको भविष्यअझै पनि उज्वल रहेको वताउँदै पार्टी एकतामा जोड दिएका थिए ।
नेपाली जनसम्पर्क समिति वेलायतका सभापति युवराज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा सम्पुणानन्द ढुंगाना, विश्वआर्दश पण्डित, जनसम्पर्क समितिका पूर्वअध्यक्ष विनोद मोक्तान, चेतनाथ खनाल, अर्जुन कटुवाल, क्याट युकेका पुर्वअध्यक्ष राजेन्द्र खरेल, बुद्ध फाउण्डेशन युकेका अध्यक्ष दीपक श्रेष्ठ, गायिका सहिता गुरुङ श्रेष्ठ, हरि गोविन्द गुरुङ, मिन रानाभाट लगायतका वक्ताले शुभकामना मन्तव्य दिएका थिए ।
जीवन सेन, दुर्गा पाण्डे, मोति भण्डारी लगायतकको उपस्थिती रहेको कार्यक्रममा, संयोजक सुरज केसीले धन्यवाद र उपसंयोजक उपेन्द्र पौडेलले स्वागत मन्तव्य दिए । कार्यक्रम संचालन महामन्त्रि केशव भण्डारीले गरेका थिए ।
२०३३ सालमा बिपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान गर्दै आएको छ । सोही परम्परालाई नेपाली कांग्रेस र पार्टीका भातृसंस्थाहरुले दशैं तिहारको अवसर पारेर शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्दै आएका छन्।
वि.सं.२०७५ कात्तिक १२ सोमवार ११:१८ मा प्रकाशित