back

उपत्यकामा दशैँको समयमा अपराध घट्यो

वि.सं.२०७५ कात्तिक १२ सोमवार

339 

shares
GLOBAL IME AD
NTC AD

१२ कात्तिक,काठमाडौँ (रासस) । काठमाडौँ उपत्यकामा गत वर्षको तुलनामा यस वर्षको दशैँमा अपराधका घटनामा कमी आएको छ । रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयका अनुसार गत वर्षभन्दा यस वर्ष दशैँको समयमा चोरी, जुवा, ठगी, अपहरण, आत्महत्यालगायत घटनामा कमी आएको हो ।

कार्यालय प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले घटस्थापनादेखि पूर्णिमासम्म काठमाडौँमा ८६, ललितपुरमा ३० र भक्तपुरमा १५ जनाविरुद्ध विभिन्न अपराधमा मुद्दा चलाइएको जानकारी दिए।

“गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे गृह प्रशासन सुधार योजना र प्रहरी महानिरीक्षकको १० बुँदे प्राथमिकताको आधारमा प्रहरीले काम गरेकाले गत वर्षको तुलनामा आपराधिक घटना कमी भएको हो”, उनले भने । गत वर्ष काठमाडौँमा १२४, भक्तपुरमा २२ र ललितपुरमा आठ अपराधका घटनामा मुद्दा चलाइएको थियो ।

वि.सं.२०७५ कात्तिक १२ सोमवार १२:३२ मा प्रकाशित

हत्या गरी फरार अभियुक्तलाई पक्राउ गर्न माग

हत्या गरी फरार अभियुक्तलाई पक्राउ गर्न माग

बारा । दुई साताअघि यहाँको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म...

पर्यटक भित्र्याउन सडक निर्माण

पर्यटक भित्र्याउन सडक निर्माण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका...

कर्णाली नदीको बगरमा प्याजखेती गर्दै किसान

कर्णाली नदीको बगरमा प्याजखेती गर्दै किसान

टीकापुर । कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती...

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ...

नुब्री भ्यालीमा हिमपात

नुब्री भ्यालीमा हिमपात

गोरखा । उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ ।...

पर्सामा वन जोगाउनै मुस्किल

पर्सामा वन जोगाउनै मुस्किल

वीरगञ्ज (पर्सा) । पर्सा जिल्लामा तीन साझेदारी वन र त्यसको...