back
CTIZAN AD

उपत्यकामा दशैँको समयमा अपराध घट्यो

वि.सं.२०७५ कात्तिक १२ सोमवार

597 

shares

१२ कात्तिक,काठमाडौँ (रासस) । काठमाडौँ उपत्यकामा गत वर्षको तुलनामा यस वर्षको दशैँमा अपराधका घटनामा कमी आएको छ । रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयका अनुसार गत वर्षभन्दा यस वर्ष दशैँको समयमा चोरी, जुवा, ठगी, अपहरण, आत्महत्यालगायत घटनामा कमी आएको हो ।

कार्यालय प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले घटस्थापनादेखि पूर्णिमासम्म काठमाडौँमा ८६, ललितपुरमा ३० र भक्तपुरमा १५ जनाविरुद्ध विभिन्न अपराधमा मुद्दा चलाइएको जानकारी दिए।

“गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे गृह प्रशासन सुधार योजना र प्रहरी महानिरीक्षकको १० बुँदे प्राथमिकताको आधारमा प्रहरीले काम गरेकाले गत वर्षको तुलनामा आपराधिक घटना कमी भएको हो”, उनले भने । गत वर्ष काठमाडौँमा १२४, भक्तपुरमा २२ र ललितपुरमा आठ अपराधका घटनामा मुद्दा चलाइएको थियो ।

वि.सं.२०७५ कात्तिक १२ सोमवार १२:३२ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...