back
CTIZAN AD

देउसी दश बजेपछि खेल्न नपाइने

वि.सं.२०७५ कात्तिक १२ सोमवार

597 

shares

१२ कात्तिक, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक सूचना जारी गर्दै राति १० बजेपछि देउसी भैलो नखेल्न अनुरोध गरेको छ ।

कार्यालयले पर्वलाई मर्यादित, अनुशासित र हर्षोल्लासका साथ मनाउन पनि आह्वान गरेको छ । प्रशासनले तिहार र छठमा कुनै पनि आतिसबाजी, पटका, भूइँचम्पा लगायतको विस्फोटक पदार्थ उत्पादन, भण्डारण, बिक्री वितरण नगर्न आग्रह गरेको छ ।

त्यसैगरी चाडबाडको बेला लोकमार्गका लाइन होटेलबाहेक अन्य होटेल र मनोरञ्जन व्यवसायसमेत राति १० बजे बन्द गर्न आह्वान गरेको छ । सार्वजनिक सूचनामा जुवा, तास, कौडा, सट्टेबाजी, खडखडेलगायत जुवाजन्य खेल नखेल्न र नखेलाउन, मदिरा र मदिराजन्य बस्तुको बिक्री वितरण राति ९ बजेसम्म मात्र नियमानुसार अनुमति प्राप्त व्यवसायीले मात्रै गर्न अनुरोध गरिएको छ ।

स्वीकृति बिना चिठ्ठा, उपहारलगायत कार्यक्रम सञ्चालन नगर्न, मेला÷महोत्सव, प्रदर्शनी आयोजना पूर्व स्वीकृति लिई तोकिएका सर्त पालना गरी मात्रै सञ्चालन गर्न, होटल, किराना पसललगायतका व्यापारिक प्रतिष्ठानले अनिवार्य रुपमा मूल्य सूची राख्न आग्रह गरेको छ । नेपालीको दोस्रो ठूलोचार्ड तिहार यही कात्तिक १९ गतेदेखि शुरु हुँदैछ ।

वि.सं.२०७५ कात्तिक १२ सोमवार १२:३० मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...