back
CTIZAN AD

आशादेवीको हत्या आरोपमा चार पक्राउ

वि.सं.२०७५ कात्तिक १२ सोमवार

564 

shares


१२ कात्तिक, सप्तरी  । राजविराज नगरपािलका–६ की ४५ वर्षीया एकल महिला आशादेवी देवको हत्या आरोपमा सप्तरी प्रहरीले चार जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा सोही ठाउँकी ३५ वर्षीया मुन्नीदेवी साह, ३० वर्षीया चनरदेवी मेहतर, ३२ वर्षीय शङ्कर राउत मेहतर र २६ वर्षीय सुरज मेहतरलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक राजेन्द्र विष्टले व्यावसायिक रिसइवीका कारण देवलाई निजकै कोठामा इँटाले टाउकामा प्रहार गरी हत्या गरेको खुलासा गरे । जिल्ला प्रहरी कार्यालयले आरोपितहरुविरुद्ध आइतबार कर्तव्यज्यानको उजुरी दर्ता गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय र कार्यालय प्रमुखको निवाससँग जोडिएकै घरमा एक्लै बस्दै आएकी देवको घरको पूर्व सामुन्ने प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकको निवास रहेको छ । रक्ताम्य लास दशैँको टीकाका दिन बिहान देवकै ओछ्यानमा फेला परेको थियो ।

मृतकको टाउकामा ६ इञ्च लम्बाइ र चार इञ्च चौडाइ गहिरो खत रहेको र रगत लागेको इँटा प्रहरीले बरामद गरेको जनाएको छ । बलात्कारपछि हत्या भएको आशङ्कामा फोरेन्सिक परीक्षणका लागि लासको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शवपरीक्षण भएको छ ।

वि.सं.२०७५ कात्तिक १२ सोमवार २०:०२ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...