back
CTIZAN AD

स्थानीय तहको पैसा वाणिज्य बैंकले निक्षेपमा देखाउन पाउने, हट्ला त तरलता अभाव समस्या ?

वि.सं.२०७५ कात्तिक १३ मंगलवार

696 

shares

१३ कात्तिक, काठमाडौँ । सरकारले स्थानीय तहलाई पठाएको पैसा वाणिज्य बैंकले निक्षेपमा देखाउन पाउने भएका छन् ।
हाल केन्द्र सरकारले स्थानीय तहलाई पठाएको पैसा राष्ट्र बैंकमा सञ्चित हुने गरेको छ । सरकारले कार्यविधी संसोधन गरेर वाणिज्य बैंकले निक्षेपको रुपमा स्थानीय तहमा गएको रकम देखाउन पाउने व्यवस्था गर्न लागेको हो । यो व्यवस्था मंसिर १ देखि लागु हुने अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्रालयका एक अधिकारीका अनुसार हाल मन्त्रालय र राष्ट्र बैंकबीच विभिन्न चरणमा छलपल भईरहेको छ । राष्ट्र बैंक र अर्थमन्त्रालयबीच यसबारेमा विभिन्न चरणमा छलफल भईरहेको छ, ती अधिकारीले भने, वाणिज्य बैंकलाई निक्षेपको रुपमा देखाउन पाउने नीतिगत व्यवस्था सम्भवतः मंसिर १ देखि लागू हुने छ ।

७५३ स्थानीय तहमा केन्द्र सरकारले ३ खर्ब ८ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । जुन रकम चैमासिक रुपमा निकासा हुन्छ । तत्कालको लागि ८० अर्ब रुपैयाँ यसरी चलाउन पाइने पैसा हुने बैंकरहरु बताउँछन् ।

सरकारले कार्यविधी संसोधन गरेपछि बैंकहरुलाई ऋण दिनको लागि चाहिने रकमको अभाव हट्ने अपेक्षा गरिएको छ । हाल लगानी योग्य रकमको अभावमा वित्तिय प्रणालीमा तरलता अभावको समस्या चुलिएको छ । तरलता अभावको कारण बैंकहरुले कर्जा लगानीमा रोक लगाईसकेको उद्योगीहरु बताउछन् ।

वि.सं.२०७५ कात्तिक १३ मंगलवार १०:०९ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...