back
CTIZAN AD

जनताले सुरु ग¥यो भारतबाट रेमिट्यान्स सेवा

वि.सं.२०७५ कात्तिक १३ मंगलवार

660 

shares


१३ कार्तिक, काठमाडौँ । ‘‘नेपाली जनताको बैंक, जनता बैंक’’भन्ने नारालाई आत्मसाथ गरी अनवरत रुपले नेपाली जनताको घरदैलोमा बैकिङ्ग सेवा पु¥याउदै आएको जनता बैंक नेपाल लिमिटेडले छिमेकी मुलुक भारतबाट पनि रेमिट्यान्स सेवा संचालनमा ल्याएको छ । ‘‘जनता रेमिट’’मार्फत आन्तरिक तथा अन्तराष्ट्रिय रेमिट्यान्स सेवा पु¥याउदै आएकोमाअब देखि भारतमा रहेका ग्राहकहरुले समेत सहजैजनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्नेछन् ।

एक्सिस बैंक, भारत र जनता बैंक नेपाल लिमिटेड बिच हालै भएको सम्झौता अनुसार अब भारतमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत सुलभ रुपमा आफ्नो कमाई आफ्नो आफन्तलाई अथवा सिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्ने जनाइएको छ ।

मिट्यान्स कारोवारको लागि एक्सिस बैंकको भारत भरी रहेका ३५०० शाखाहरुमार्फत जनता रेमिटमा पैसा पठाउन सकिने छ । एक्सिस बैंकबाट जनता रेमिट मार्फत पठाइएको रकम देशभरी रहेका जनता बैंकको १२६ शाखाको अतिरिक्त करिव १७ हजारको संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सकिने छ । जनता रेमिट सेवा निकट भविष्यमै मलेशिया, कुवेत, कतार, ओमान र यूएई बाट समेत सुरु गरिने बैकले जनाएको छ ।

जनता बैंकले देशभरीमा १२६ शाखा सञ्जाल,४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७१ एटिएमबाट सरल र सहज रुपमा बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

वि.सं.२०७५ कात्तिक १३ मंगलवार २२:०७ मा प्रकाशित

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...