१५ कात्तिक, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न दोषि पत्ता लाग्न नसकेको अवस्थामा प्रहरीले थप चारजनाको डीएनए नमुना लिएको छ । पन्त हत्या अनुसन्धालाई सवै पाटोबाट केलाइरहेको बताएको प्रहरीले बुधबार डीएनए परीक्षणको नमुना लिएको आजको राजधानी दैनिकमा समाचार छ ।
संकलित नमुना राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौंमा बुधबारै पठाइएको छ । तर, ककसको लिइयो भन्ने प्रहरीले खुलाएको छैन । कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर सिंह कडायतले नमुना काठमाडौं पठाइएको बताउँदै भने, ‘हामी अनुसन्धानमा गम्भीर छौं, सबै पाटोबाट थप अनुसन्धान समेत भइरहेका छन्, लिइएका डीएनए नमुना काठमाडौं पठाइएको छ ।’
वि.सं.२०७५ कात्तिक १५ बिहीवार ०७:४९ मा प्रकाशित