back
CTIZAN AD

साउदी, बहराइन र साइप्रसबाट फर्केर गाईपालन, मासिक लाख बढी आम्दानी

वि.सं.२०७५ कात्तिक १५ बिहीवार

675 

shares

 

फाइल फोटो

१५ कात्तिक, पाल्पा । गाईपालन थालेपछि यहाँका युवाले मासिक रु ५० हजारदेखि रु दुई लाख आम्दानी गर्न सफल भएका छन् । तानसेन नगरपालिका–१२ चिनारीका टीकाराम रेश्मीले मासिक रु ७० हजारदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन् ।

विसं २०६७ मा साउदी अरबबाट फर्केर गाईपालन व्यवसाय शुरु गर्नुभएका रेश्मीसँग हाल १७ गाई छन् । दश गाई दुहुना छन् । गाईले दैनिक ५० लिटर दूध दिन्छ । दूध बेचेको आम्दानीले पाँच जनाको परिवारको खर्च चलेको छ । गाईपालनबाट रेश्मी परिवार सन्तृष्ट छ ।

चिनारीका रुकवीर रेश्मी बराइनबाट फर्केर २०६७ सालदेखि गाईपालन गर्दै आएका छन् । उहाँले मासिक रु डेढ लाख आम्दानी गर्दै आएका छन् । रेश्मीले भने “गोठमा ३२ उन्नत जातका गाई छन् । दैनिक ११० लिटर दूध उत्पादन हुन्छ ।’ चिनारीकै देवीबहादुर रानाले साइप्रसबाट फर्केर गाईपालन थालेका छन् एघार मध्ये पाँच गाईले दैनिक ३५ लिटर दूध दिन्छन् । मासिक रु दुई लाखसम्म आम्दानी हुन्छ । गाईपालनसँगै उनले बहुबाली खेती गरेका छन् । चिनारीबाट दैनिक ५५० लिटर दूध तानसेन खपत हँुदै आएको छ । मासिक रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी हुन थालेपछि युवा गाईपालनतर्फ आकर्षित भएका हुन् । चिनारीका ३० परिवारले गाईपालन गर्दै आएका छन् । सो व्यवसायबाट यहाँका युवाले मनग्य आम्दानी गर्न थालेका छन् ।

वि.सं.२०७५ कात्तिक १५ बिहीवार १४:०९ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...