back

मेगा बैंक र आइएमई डिजिटलबीच सम्झौता

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार

303 

shares
GLOBAL IME AD
NTC AD

१६ कात्तिक । आइएमई पे मोबाइल मनीमार्फत मोबाइल फोनको माध्यमबाट विविध वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेड र आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मेगा बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइएमई डिजिटलको तर्फबाट प्रमुख संचालक अधिकृत डेनियल डी श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार मेगा बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाँडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् । साथै, मेगा बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्युआर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् ।

१६ हजार भन्दा बढी एजेण्ट आउटलेट संजाल भएको आइएमई डिजिटल, आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । आईएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउदै आएको छ र यसको मद्दतबाट सेवाग्राही आफैले वा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ ।

आईएमई डिजिटलसंगको सम्झौताले सर्वसाधारण जनतालाई आधुनिक वित्तीय सेवाहरूको पहुँच उपलब्ध हुनुका साथै नेपालको वित्तीय समावेशीकरणमा समेत योगदान पुग्ने आइएमई डिजिटल र मेगा बैंकको विश्वास छ ।

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार १३:४१ मा प्रकाशित

नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी

नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार...

कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री

कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी...

कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

काठमाडौँ । कृषि विकास बैंकले आफ्नो ५८ औं वार्षिकोत्सव भव्यताका...

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

काठमाडौँ । सानिमा बंैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने...

नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड २०२५ समारोह सम्पन्न

नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड २०२५ समारोह सम्पन्न

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सोमवार नेपाली बजारमा सुनको मूल्य घटेको छ...