back

धानमा दाना नलागेपछि कृषक चिन्तित

वि.सं.२०७५ कात्तिक १८ आइतवार

258 

shares
GLOBAL IME AD
NTC AD


१८ कात्तिक, पर्वत । पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दान (बाला) नलागेपछि यहाँको एक गाउँका कृषक चिन्तित बनेका छन् । पर्वतको फलेवास नगरपालिका–३ स्थित पोखरचौरका कृषकले यस वर्ष लगाएको उन्नत जातको धान ‘लोकतन्त्र’ मा दाना नलागेपछि स्थानीय दर्जनौँ कृषक समस्यामा परेका हुन् ।

उक्त धान फलेवास नगरपालिकाको कृषि शाखाले सिफारिश गरेको थियो । कृषि प्राविधिकले दोब्बर फल्ने भन्दै अनुदानमा बीउ बाँडेको धानमा बाला नलागेपछि यहाँका किसान चिन्तित छन् । स्थानीय मार्सी र कोदे गुडुरालगायतको धान लगाउँदै आएका यहाँको पोखराचौर र आँगाखेतका करीब दुई दर्जन किसानले यस पटक ‘लोकतन्त्र’ जातको धान लगाएका थिए । यो जातका बोटमा बाला नलागेको हो ।

किसानले करीब १०० रोपनी खेतमा ८० किलो लोकतन्त्र धानको बीउ रोपेका हुन् । अन्य जातका तुलनामा दोब्बर फल्ने र बोट हावाहुरीमा पनि नढल्ने भन्दै प्राविधिकले सिफारिश गरेका थिए । स्थानीय कृषक पूर्णप्रसाद भुसाल, अस्मिता भुसाल, श्याम भुसाल, अमृत रिजाल, नारायण रिजाल, रिमा रिजाल, गङ्गा भुसाल, गीता भुसाल, नारायण भुसाल, गणेश भुसाल, टीका रिजाल र दुर्गा रिजाललगायतले आफ्ना खेतमा लोकतन्त्र लगाएका थिए ।
नगर कृषि कार्यालय फलेवासका प्रमुख कृषि अधिकृत नारायण पौडेलका अनुसार लोकतन्त्र धान उपल्लो भेगमा फल्दैन । उनका अनुसार तराई, भित्री मधेश, तल्लो पहाड र मध्यपहाडका नदी किनारमा मात्रै राम्रो फल दिन्छ । “पोखराचौर उच्च पहाडी क्षेत्रमै पर्छ”, उनलृ भनृ, “यो धान त्यहाँका लागि उयपुक्त होइन । कसरी सिफारिश भयो बुझ्नुपर्छ ।” पीडित किसानले क्षतिपूर्ति पाउनुपर्ने उनको भनाइ छ ।
–––

वि.सं.२०७५ कात्तिक १८ आइतवार ११:५७ मा प्रकाशित

बाढीको वितण्डापछि जुर्मुराउँदै बेथानचोकका किसान, सरकारबाट सहयोग नपाएको गुनासो

बाढीको वितण्डापछि जुर्मुराउँदै बेथानचोकका किसान, सरकारबाट सहयोग नपाएको गुनासो

धुलिखेल (काभ्रेपलाञ्चोक) । यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले...

नेपाल-चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रको संयुक्त अनुगमन

नेपाल-चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रको संयुक्त अनुगमन

सिमकोट (हुम्ला) । नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा...

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा क्षेत्रमा शनिवार प्रहरी र केवलकार निर्माणको...

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...