
१८ कात्तिक, काठमाडौँ । वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ ।
काठमाडौँको आजको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्रीमा झरेको छ । तापक्रम घटेर चिसो बढ्नु नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उहाँका अनुसार चिसो क्रमिक रुपमा बढ्ने क्रममा रहेको छ ।
तापक्रम घटेपछि काठमाडौँ उपत्यकामा बिहान र बेलुकी बढी चिसोको महसुस गरिएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको उनले बताए । लामो समयसम्म पानी नपरेकाले धूलोका कारण वायुमण्डल प्रदूषित भएको मौसमविद् अर्यालले बताए । अझै केही दिन पानी नपर्ने बताइएको छ । उपत्यकाको अझै तापक्रम घटेर शून्य डिग्रीमा पुग्ने अनुमान गरिएको छ । खासगरी चिसोबाट बच्न बालबालिका र ज्येष्ठ नागरिकलाई सजग गरिएको छ ।
वि.सं.२०७५ कात्तिक १८ आइतवार २२:३३ मा प्रकाशित






























