back
CTIZAN AD

बालविवाह न्यूनीकरण गर्न अक्षयकोष

वि.सं.२०७५ कात्तिक १९ सोमवार

699 

shares

१९ कात्तिक, म्याग्दी । बालविवाह र बाल हिंसा न्यूनीकरण तथा पिछडिएका महिला सशक्तिकरण गर्न स्थापना हुने अक्षयकोषका लागि बेलायतमा रु १२ लाख सहयोग सङ्कलन भएको छ ।

तिहार पर्वको अवसरमा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) बेलायतले आइतबार लण्डनमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममार्फत रु १२ लाख ९० हजार सङ्कलन भएको मोनाका उपाध्यक्ष योगकुमार फगामीले जानकारी दिए । रोजगार, पेशा, व्यवसाय र अध्ययनका लागि विश्वका विभिन्न देशमा पुगेका प्रवासी म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको गत वर्ष दरवाङमा भएको अधिवेशनले रु एक करोडको अक्षयकोष स्थापना गर्न घोषणा गरेको थियो ।

कात्तिक पहिलो हप्ता पोर्चुगलमा भएको साधारणसभाले अक्षयकोषका लागि आर्थिक सङ्कलन अभियानलाई तीव्रता दिन विभिन्न देशमा अभियान चलाउने निर्णय गरेको थियो ।

सामाजिक, आर्थिक, स्वास्थ्य, शिक्षा र मानव विकासका लागि प्रमुख समस्या मानिएको बालविवाह र महिला हिंसासम्बन्धी समस्या न्यूनीकरण गर्न अक्षयकोषको रकम परिचालन गरिनेछ ।

वि.सं.२०७५ कात्तिक १९ सोमवार १३:३० मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...