back
CTIZAN AD

संस्कृति संंरक्षणमा सञ्चारकर्मी

वि.सं.२०७५ कात्तिक २० मंगलवार

579 

shares

२० कात्तिक, बैतडी । आधुनिक प्रविधिको विकाससँगै पछिल्लो समय विभिन्न संस्कृति हराउँदै गएका बेला जिल्लाका सञ्चारकर्मी त्यसको संरक्षणमा जुटेका छन । जिल्लाको रेडियो निङ्गलाशैनी एफएम र सामुदायिक रेडियो सेभेनस्टारका सञ्चारकर्मी संस्कृति संंरक्षणमा जुटेका हुन ।

यसअघि ती रेडियोमा कार्यरत सञ्चारकर्मीले संस्कृति संरक्षणका लागि समुदायमै गएर विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए । तिहारमा उनीहरुले देउसीभैलो कार्यक्रम सञ्चालन गरेका छन । स्थानीय कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक महेश अवस्थी बताउछन । उनले भने, “स्थानीयस्तरमा कला संस्कृतिको संरक्षणका लागि गाउँघरमै गएर देउसीभैलो खेलिरहेका छौँ ।”

सुदूरपश्चिम प्रदेशका बैतडीसहितका जिल्लामा पुगेर स्थानीय संस्कृतिको जगेर्नाका लागि देउसीभैलोको आयोजना गरिएको छ । युवापुस्तालाई संस्कृति संरक्षणतर्फ आकर्षित गर्न देउसीभैलोको आयोजना गरिएको रेडियो सेभेनस्टारका अध्यक्ष अमर भट्टराईले बताए । रेडियो निङ्गलाशैनीले विगत वर्षमा समेत देउसीभैलो कार्यक्रम आयोजना गर्दै आएको थियो । स्थानीयसँगको सामिप्यता बढाउन रेडियोले गाउँमुखी कार्यक्रम सञ्चालन गर्दै आएको रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक अवस्थीले बताए । “देउसीभैलो कार्यक्रमले स्रोतासँगको सम्बन्धलाई थप मजबुत बनाउँछ,” उनले भने ।

वि.सं.२०७५ कात्तिक २० मंगलवार १०:४२ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...