back

अरुको मोबाइल प्रयोगगरी गलत सूचना दिने पक्राउ

वि.सं.२०७५ कात्तिक २५ आइतवार

318 

shares
GLOBAL IME AD
NTC AD

२५ कात्तिक,बाजुरा । १०० नं मा फोन गरेर गलत सूचना दिने बाजुरा मार्तडीका वीरेन्द्र रावललाई प्रहरीले शनिबार पक्राउ गरेको छ । शुरुमा आफैँ फोन गरेर गलत सूचना दिने र प्रहरी नपुगेको भन्दै गाली गर्ने गरेको प्रमाणका आधारमा रावललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन्।

प्रहरीले जनसेवाका लागि टोल फ्रि नं का रूपमा १०० नम्बरलाई जारी गरेको छ । सुवेदी श्रेष्ठ बोलेको भन्दै प्रहरीलाई गाली गर्ने, झुटो खबर दिने र धम्की दिने गरेकाले बडिमालिका नगरपालिका–८ बस्ने टेकबहादुर रावलका २३ वर्षीय छोरा वीरेन्द्र रावललाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया शुरु गरिएको प्रहरी नायब उपरीक्षक भाटले बताए।

गलत मानसिकता र नियत राखी सुरक्षा निकायमाथि नै अविश्वास गर्ने खालको गतिविधि, आचरण देखाएको र गाली गरेकाले रावलमाथि सार्वजनिक अपराधसम्बन्धी मुद्दामा कारवाही गर्ने तयारी गरिएको भाटले जानकारी दिए ।

जय मालिका यातायात प्रालिको जिप काउन्टरमा काम गर्दै आएका रावलले आफ्नो र अरुको मोबाइल प्रयोग गरेर विगत केही सातादेखि प्रहरीलाई गलत सूचना दिँदै आएको प्रहरीले बताएको छ ।

वि.सं.२०७५ कात्तिक २५ आइतवार ११:४९ मा प्रकाशित

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन...

आज अन्तरराष्ट्रिय दाल दिवस

आज अन्तरराष्ट्रिय दाल दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा...

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

काठमाडौँ । बालक अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको...

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । ओखलढुंगामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा...

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने...

वालिङमा महिलालाई बीउ पाठी उपहार

वालिङमा महिलालाई बीउ पाठी उपहार

काठमाडौँँ । स्याङ्जाको वालिङ नगरपालिका–५ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको...