back
CTIZAN AD

जाँड, रक्सी बन्दपछि गाँउ शान्त

वि.सं.२०७५ कात्तिक २६ सोमवार

627 

shares

२७ कात्तिक, जाजरकोट । ६ महीनाअघि जाँड, रक्सी बिक्री तथा सेवन गर्ने यहाँका स्थानीयवासी अहिले उत्पादन र बिक्री गर्न हुँदैन् भनेर सन्देश दिँदै हिँडेको देख्दा अनौठो लाग्ने गरेको छ ।

समाजमा जाँड, रक्सीका कारण विभिन्न घटना बढ्न थालेपछि नलगाड नगरपालिका–८ हल्चौरमा नयाँ सुरक्षा दल गठन गरी मदिरा निषेध अभियानमा लागेपछि अहिले गाउँ शान्त भएको स्थानीय नारायणबहादुर खत्रीले बताउनुभयो । गाउँमा लाग्ने सामान्य जात्रा, भेला, बैठकमा समेत मदिराका कारण झगडा हुँदा हप्तैपिच्छे प्रहरी कार्यालयमा धाउने स्थानीयवासी अब छिमेकी गाउँमा मदिरा उत्पादन तथा बिक्री वितरण गर्न हुँदैन भनी सन्देश दिएको देख्दा जो कोही अचम्म परेको खत्रीको भनाइ छ ।

छ महीनाअघि मदिरा बनाउने महिला अहिले मदिरा बन्द अभियानमा जुट्दा गाउँमा थप शान्ति, सुरक्षा कायम भएको उहाँको भनाइ छ । गाउँका लाग्ने, जात्रामा सुरक्षा दलले सुरक्षा दिने गरेको नलगाड नगरपालिकाका कार्यपालिका सदस्य नरबहादुर विकले बताए ।

तिहारमा सधैँ झगडा हुने हल्चोरमा यो पटक झगडा नभएको र मदिरा कसैले नखाएको देख्दा अनौठो लागेको बारेकोट गाउँपालिकाबाट हल्चौरमा टीका लगाउन आएकी टीका खत्रीले बताइन् । अब हल्चौरको सिको सबैले सिक्नुपर्ने उनको भनाइ छ ।

वि.सं.२०७५ कात्तिक २६ सोमवार १२:०५ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...