
२७ कात्तिक, काठमाडौं । चिसो बढ्दै छ । यहि बेला बृद्धबृद्धालाई निमोनियाको जोखिम हुन सक्छ । तर, समयमै खोप लगाए रोकथाम गर्न सकिन्छ । यतिबेला सबै स्वास्थ्य संस्थामा निःशुल्क खोप उपलब्ध छ ।
‘निमोनियाबाट जोगिन ६५ वर्ष नाघेकालाई एकपटक मात्र खोप लगाए जीवनभर पुग्छ । निमोनियाप्रतिरोधी खोप एकपटक गरिने लगानी जस्तै हो । फ्लुको खोप बर्सेनी दोहो¥याउनु पर्छ । ब्याक्टेरियल निमोनियाविरुद्धको खोप जेष्ठ नागरिकले जिन्दगीमा एकपटक लगाए पुग्छ । खोप लगाउने समय यहि बेला हो,’ जेष्ठ नागरिक विशेषज्ञ डा. रमेश कँडेलले भने ।
अन्य उमेरकालाई फ्लुको खोप हरेक वर्ष लगाउनु उपयुक्त हुन्छ । निमोनियाले फोक्सोमा संक्रमण हुन्छ । सास फेर्न गाह्रो हुन्छ । व्याक्टेरिया, भाइरस र फंगसलगायत सुक्ष्म जीवाणुले निमोनिया हुने समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा रहेको छ ।
वि.सं.२०७५ कात्तिक २७ मंगलवार ०७:४९ मा प्रकाशित