
२७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो कार्यालयलाई थप अधिकार सम्पन्न र कार्यकारी बनाउन मुलुकमा सबै ठूला विकास र निर्माण आयोजना आफूमातहत राख्ने व्यवस्था गर्दैछन् ।
त्यसका लागि प्रधानमन्त्रीको निर्देशनमा सरकारले ‘प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाहरु प्रत्यक्ष रेखदेख गर्ने’ सम्बन्धी विधेयक मस्यौदा तयार गरेको छ । अर्थ मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मस्यौदा गरेको विधेयकमा सहमति दिइसकेको छ पनि आजको कान्तिपुर दैनिकमा समाचार छ ।
कानुन मन्त्रालयले समेत विधेयकको मस्यौदा अध्ययन गरी सहमति दिने क्रममा रहेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको छ । संघीय संसद्को आगामी अधिबेशनमा विधेयक पेस गरी पारित गर्ने तयारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको छ ।
वि.सं.२०७५ कात्तिक २७ मंगलवार ०७:५८ मा प्रकाशित






























