
२७ कात्तिक, काठमाडौं । १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गर्न कांग्रेस पूर्वव्यवस्थापना नेताहरुले सक्रियता बढाएका छन् । सोमबार सुजाता निवास मण्डिखाटारमा सात नेताले बिहान खानासहित छलफल गरेका छन् । छलफलमा कोइराला परिवारबाट सुजातसहित महामन्त्री डा शसांक र डा शेखर, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी र डा. रामशरण महत सहभागी थिए ।
सात नेताबीच तीन घन्टा चलेको छलफलमा महाधिबेशन सम्म पुर्वसंस्थापन पक्ष एक भएर जानुपर्ने धारणा बनेको छ । पार्टीको आन्तरिक जीवन, सरकारको भूमिका, अन्योलपूर्ण नेविसंघको महासमिति बैठक लगायत विषयमा समेत छलफल भएको थियो । सोमबारको भेला सुजाताको सक्रियतामा भएको समेत आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
वि.सं.२०७५ कात्तिक २७ मंगलवार ०८:२८ मा प्रकाशित






























