back
CTIZAN AD

सम्मेलनका लागि भैलोबाट १६ लाख बढी उठायो जनमोर्चा बाग्लुङले

वि.सं.२०७५ कात्तिक २९ बिहीवार

564 

shares

२९ कात्तिक, गलकोट बाग्लुङ । राष्ट्रिय जनमोर्चाले तिहारको अवसरमा देशैभर देउसी भैलो संचालन गरेको छ ।  राष्ट्रिय जनमोर्चा बाग्लुङले आफ्नो छैटौं जिल्ला सम्मेलनमा सहयोग पुग्ने अपेक्षा सहित संचालन गरिएको देउसी भैलो गल्कोट नगरका भिभिन्न स्थानमा भैलो खिलिसकिएको राष्ट्रिय जनमोर्चा गलकोटले बताएको छ ।

त्यसै शिलशिलामा गलकोट नगर क्षेत्रका पचुवा, गल्याङ, काँडेवास, बिरकोट, बिसाउन, बाँसखोला, आँगाखेत, टिमुरबोट, छिस, दरवार, रिस्मी गरि ११ स्पोट्र्समा तीन लाखा सत्तरी हजार ३,७०,००० रकम उठेको छ, त्यसगरी हटिया बजारमा २ लाखा ५० हजार उठेको छ भने हरिचौरमा २ लाख १० हजार रकम उठेको उक्त भैली टिमका ब्यवस्थापक संजाल शर्माले बताएका छन्  । भैली अभियानकै क्रममा गलकोट नगरपालिका वडा न. १ दुधिलाभाटिमा ७ लाख ६ हजार ६ सय ११ उठाएको सागर कुवरले हामिलाई बताउनु भएको छ भने त्यसै गरि गलकोटको रिघामा भैली अभियानले १ लाख ४० हजार उठाएको कृष्ण पुनले बताएका छन् ।


कार्तिक २१ गते बाट सुरु भएको उक्त भैली चौथो दिन कार्तिक २८ गतेसम्म संचालन भएको भैलोमा गलकोट नगरपालिका भर कुल १६ लाख ७७ हजार ९ जम्मा भएको संजाल शर्माले जानाकारी दिनु भयो। देउसि भैलो लाई समापन मन्तव्य व्यक्त गर्दै राष्ट्रिय जनमोर्चा का जिल्ला उपाध्यक्ष बेदिलाल सापकोटाले ‘भैली कार्यक्रम’ मा सहयोग गर्नुहुने सम्पूर्ण अभिभावक, सहयोग दाता, कलाकार र अभियानमा खट्ने सबैलाई धन्यवाद दिएका थिए ।

साथै उनले संकलित रकम आगामी मंसिर २१ र २२ गते गलकोटको हटिया मा हुन गाईरहेको जिल्ला सम्मेलन सफल पार्नको लागि खर्च गरिने बताउनु भयो। उनले राजमोको सम्मेलन सफल पार्न सबैलाई आवह्वन समेत गरेका थिए ।


राष्ट्रिय जनमोर्चाको जिल्ला सम्मेलन उद्घाटन गर्न राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के सी आउने बताएका छ । भैली अभियानमा राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदिलाल सापकोटा, युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन बन, अखिल छौंका सल्लाहकार भिमलाल पोखरेल, युवक संघका गण्डकी प्रदेस सचीव संजाल शर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य पदम श्रेष्ठ, नेत्र बुढाथोकी, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष टंक के. सी , नगर उपाध्यक्ष अमर खत्री, सचिब लाल बहादुर थापा, शिशक संघकी सनमयाया ढकाल, अखिल छैटौंका सागर कुवर लगायतको उपस्थित सहित रक्तिम साँस्कृतिक अभियानका कलाकारको सथमा राजमो गलकोट ले भैली संचालन गरेको थियो ।

वि.सं.२०७५ कात्तिक २९ बिहीवार १२:१२ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...