back
CTIZAN AD

१६ हजारलाई पछि पार्दै प्रतिष्ठित छात्रवृत्तिमा छानिए राज शाहि

वि.सं.२०७५ कात्तिक २९ बिहीवार

792 

shares


२९ कात्तिक, काठमाडौ । गैरआवासीय नेपाली अभियन्ता समेत रहेका राज शाहिले पपुवा न्युगिनीमा रहेको सिपिएल (CPL)    ग्रुप कम्पनीका तर्फबाट प्रतिष्ठित छात्रवृत्ति पाएका छन् ।
संसारभरीका १६ हजार विद्यार्थी रहेको आदेलैदे (Adelaide)   विश्वविद्यालयमा छात्रवृत्तिमा पढ्न पाउने पहिलो भाग्यमानी नेपाली बनेका छन् शाहि ।
उनको उक्त कृषि व्यवसाय विषयको स्नाकोत्तर छात्रवृत्ति झण्डै एकलाख अष्ट्रेलियन डलर रहेको छ । उनको उक्त कोर्ष सन् २०१९ को जनवरीबाट सुरु हुनेछ ।

लामो समय पपुन्युगिनीमा काम गरेका उनी गैरआवासीय नेपाली संघ पपुवान्युगिनीका पूर्वअध्यक्ष समेत हुन् । त्यहाँको कृषि कृषी क्षेत्रमा विशेष योगदान पु¥याएर त्यहाँका राष्ट्रपतिको हातबाट सम्मान समेत थापिसकेका साहीलाई पपुवान्युगिनी, फिजी, अष्ट्रेलिया न्युजिलैण्ड, युएसए, सिंगापुर, हङकङ र भारतमा व्यवसाय चलाइरहेको सिपीएल (CPL)   ग्रुपले छात्रवृत्ति प्रदान गरेको हो ।

संसारन्युजसंग खुसी व्यक्त गर्दै शाहीले भने ‘यो मेरो लागि मात्र नभएर देशकै लागि खुसीको कुरा हो, एक नेपाली भएका नाताले उहाँहरुले मलाई छान्नु भयो ।’
उक्त ग्रुपका प्रमुख इण्डियनमुलका फिजियन नागरिक महेश पाटील रहेका छन् । पपुवान्युगिनीका नेपाली र नेपालसँग नजिक रहेका उनी विभिन्न क्षेत्रबाट नेपालीलाई सहयोग गरिरहन्छन् । महाभूकम्पका २०७२ का बेला पनि नेपाललाई व्यक्तिगत रुपमा ३० हजार डलर व्यक्तिगत सहयोग गरेका थिए पाटिलले ।

वि.सं.२०७५ कात्तिक २९ बिहीवार १४:३९ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...