back
CTIZAN AD

अधिकांश जलविद्युत कम्पनीका शेयर आधारभूत मूल्यमै

वि.सं.२०७५ कात्तिक २९ बिहीवार

627 

shares

२९ कात्तिक ,काठमाडौँ । कुनै समय शेयर लगानीकर्ताका लागि प्रमुख आकर्षक मानिएको जलविद्युत् कम्पनीका शेयर बजार घटेसँगै नराम्ररी ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका २१ जलविद्युत कम्पनीमध्ये तीन कम्पनीको मात्रै शेयर मूल्य रु २०० माथि रहेको छ । केही कम्पनीको शेयर त आधारभूत मूल्यभन्दा पनि तल पुगेका छन । शेयर बजार निरन्तर ओरालो लाग्दा त्यसको प्रभाव जलविद्युत कम्पनीका शेयरमा समेत परेको छ । राम्रो भनिएका र ठानिएका कम्पनीको शेयरसमेत आधारभूत मूल्यको हाराहारीमा रहँदा त्यसले लगानीकर्तालाई नकारात्मक प्रभाव पारेको छ ।

कुनै समय जलविद्युत कम्पनीको शेयर लगानीकर्ताका लागि प्रमुख आकषर्णको थलो रहँदै आएको थियो । लामो समयदेखि ओरालो लागेको नेशनल हाइड्रोपावर कम्पनीको बजारमा प्रतिकित्ता शेयर रु ७७ मा खरीद बिक्री भएको छ । बुधबार सो कम्पनीको शेयर आधारभूत मूल्यभन्दा रु २३ कममा खरीद बिक्री भएको छ । यस्तै दिव्यश्वेरी हाइड्रोपावर कम्पनीको शेयरसमेत आधारभूत मूल्यभन्दा कममा खरीद बिक्री भएको छ । सो कम्पनीको प्रतिकित्ता शेयर रु ९७ मा खरीद बिक्री भएको स्टकको तथ्याङ्कले देखाएको छ ।

घट्दो बजारको प्रभाव खानीखोला हाइड्रोपावर कम्पनीलाई समेत परेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता रु ९७ मा कारोवार भएको छ । आधारभूत मूल्यभन्दा तल झरेको सो कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्तालाई नकारात्मक प्रभाव परेको छ । चिलिमे जलविद्युत कम्पनीको शेयरबाहेक अरु जलविद्युत कम्पनीको अवस्था खराब रहेको नेप्सेको तथ्याङ्कले देखाउँछ । सरकारी स्वामित्वको चिलिमे कम्पनीको शेयर प्रतिकित्ता रु ६८८ मा कारोवार भएको छ । कुनै समय चिलिमे जलविद्युत् कम्पनीको शेयरमा पनि लगानीकर्ताको उल्लेख्य चासो रहने गर्दथ्यो । पछिल्लो दिनमा सो कम्पनीको शेयरमा समेत उच्च गिरावट आएको छ ।

स्टकका अनुसार अरुण काबेली जलविद्युत कम्पनीको शेयर रु २१२, अरुण भ्याली हाइड्रोपावर कम्पनीको रु १२६, बरुण हाइड्रोपावर कम्पनीको शेयर रु १२१ मा खरीद बिक्री भएको छ । रु ५०१ मा थप सार्वजनिक निष्काशन गरेको बुटवल पावर कम्पनीको शेयरसमेत घटेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता रु ४६० मा खरीद बिक्री भएको छ । शेयर बजार ओरालो लाग्दा त्यसको प्रभाव छ्याङ्दी हाइड्रोपावरको शेयर रु १०८, कालिका पावर रु ११३, नेपाल हाइड्रो डेभलपर्स रु १२० मा खरीद बिक्री भएको छ । हिमालयन पावर पार्टनर रु २०५, ङादी ग्रुप पावर रु १२९, पञ्चकञ्या माई रु १२३, राधी विद्युत् कम्पनी रु १८० र रैराङ हाइड्रोपावरको शेयर प्रतिकित्ता रु १११ मा खरीद बिक्री भएको छ ।

यस्तै रिडी हाइड्रोपावरको शेयर रु १०५, सिनर्जी पावर डेभलपर्स रु १०० र युनाइटेड मोदीको प्रतिकित्ता रु १४३ मा खरीद बिक्री भएको छ । नेप्सेमा सूचीकृत सानिमा माई जलविद्युत कम्पनीको कुनै तथ्याङ्क देखिएको छैन । धितोपत्र बोर्डमा १५ जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीको तयारी गरिरहँदा दोस्रो बजारमा भने जलविद्युत कम्पनीका शेयर निरन्तर ओरालो लागिरहेको छ । कात्तिक १६ गतेदेखि १९ गतेसम्म माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री ग¥यो भने बुधबारदेखि मध्य भोटेकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ४४ करोड बराबरको सीमित साधारण शेयर बिक्री शुरु गरेको छ ।

वि.सं.२०७५ कात्तिक २९ बिहीवार १४:२६ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...