back
CTIZAN AD

 इटलीबाट क्यान्सरपीडितलाई आर्थिक सहयोग

वि.सं.२०७३ कात्तिक ७ आइतवार

1.3K 

shares

७ कात्तिक, पथरी (मोरङ)  । क्यान्सर रोगबाट पीडित मोरङ राजघाट–५ छापन निवासी लीलामाया घिसिङको उपचारका लागि इटलीबाट ६७ हजार सात सय ४० रुपैयाँ पठाइएको छ ।

इटलीबाट दीपक घिसिङले आफू र आफ्नो साथीभाइबाट सङ्कलन गरेर पठाएको उक्त रकम राजघाटका बिरामीका दाजु अमरबहादुर तामाङलाई पठाइएको घिसिङले फोन गरेर जानकारी दिनुभयो । राससले एक महिनाअघि क्यान्सरपीडितलाई आर्थिक समस्याको विषयलाई लिएर समाचार प्रकाशित भएपछि सो प्रकाशित समाचार विभिन्न सञ्चारमाध्यममा प्रसारित भएको थियो ।

सो समाचार सञ्चारमाध्यममा देखेपछि क्यान्सरपीडितलाई सहयोग गरेको दीपकको भनाइ छ ।
पन्ध दिनअघि हङकङमा रहनुभएकीमोरङ राजघाट–५ निवासी देवीमाया घिसिङ र बिन्दु घिसिङको अगुवाइमा साथीभाइ तथा शुभेच्छुकबाट सङ्कलन गरेर पठाइएको एक लाख १८ हजार रुपैयाँ बिरामीको परिवारलाई हस्तान्तरण भइसकेको अमरबहादुरको भनाइ छ ।

वि.सं.२०७३ कात्तिक ७ आइतवार ०४:१६ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...