Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

डेङ्गुको प्रकार छुट्याउन नमुना सङ्कलन



७ कात्तिक, रत्ननगर (चितवन)  । चितवनको रत्ननगरमा फैलिएको डेङ्गुको प्रकार छुट्याउन नमुना सङ्कलन गरिएको छ ।

रत्ननगरबाट ३० वटा नमुना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको र थप ५० वटा नमुना अहिले सङ्कलन भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले भरतपुर अस्पतालबाट २५ र रत्ननगर बकुलहर अस्पतालबाट २५ वटा नमुना सङ्कलन गरेर लैजाने र डेङ्गुको प्रकार छुट्याउने छ । मुख्यगरी डेङ्गुका चार प्रकार हुन्छन् । डेङ्गु–१, डेङ्गु–२ डेङ्गु–३ र डेङ्गु–४ गरेर प्रकार छुट्याइएको छ । नेपालमा चारवटै प्रकारका डेङ्गु पाइएको भए पनि यसपालि फैलिएको डेङ्गु कुन प्रकारको हो भनेर पत्ता लगाउन परीक्षणका लागि नमुना सङ्कलन गरिएको इपिडिमियोजोली तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले बताउनु भयो ।

“कुनै एक प्रकारको डेङ्गु लागेको मानिसलाई अर्काे चोटि त्यही प्रकारको रोग लाग्दैन, नयाँ प्रकार देखिन्छ र यो जटिल हुँदै जान्छ”, भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख डा विजय पौडेलले भन्नुभयो । चितवनमा भदौदेखि अहिलेसम्म दुई सय ७२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । दुई सय २२ जना भने रत्ननगर नगरपालिकाका बिरामी छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको जानकारीअनुसार नेपालमा अहिलेसम्म १२ जिल्लामा डेङ्गु देखिएकामा तीन सय चारजनामा सङ्क्रमण पुष्टि भएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम