back
CTIZAN AD

अन्तर्राष्ट्रिय नेपाली एकता समाजको पाचौं अन्तर्राष्ट्रिय भेला सम्पन्न

वि.सं.२०७३ कात्तिक ७ आइतवार

1.4K 

shares

yekta-samaj-5th-bhela

काठमाण्डौं । रोजीरोटीको समस्याले विदेशिन वाध्य भएर संसारका विभिन्न देशमा रोजगारीका लागि गएका नेपालीहरुको साझा संगठन अन्तर्राष्ट्रिय नेपाली एकता समाजको पाचौं अन्तर्राष्ट्रिय भेला २०७३ कार्तिक २ र ३ गते बुटवलमा सम्पन्न भयो ।
भेलाले १७ पूर्ण र ३ सल्लाहकार गरी २० सदस्यीय रहेको केन्द्रीय संगठन समिति चयन गरेको छ । जसमा अध्यक्ष गंगा पौडेल (नेपाल), उपाध्यक्ष अर्जुन सुनार (पोर्चुगल),  महासचिव शोभाकान्त लामिछाने (ओमान), कोषाध्यक्ष खगेश्गर शर्मा पौडेल (भारत), सचिव विदुर शर्मा (दक्षिण कोरिया)  र सदस्यहरुमा हिमाल थापा (बेल्जियम),  कृष्ण केसी (युएई), देवनारायण पोखरेल (बहराइन), दिलबहादुर विक (साउदी अरब), धनबहादुर केसी (युके), दुर्गाबहादुर केसी (भारत), तोयनाथ कंडेल (बेल्जियम),  लुमाकान्त पुन (कतार), यमलाल सापकोटा (जापान), धर्मराज उपाध्यय (कुवैत), शंकर प्रसाद पोखरेल(मलेसिया) रहनु भएको छ । त्यसैगरी ३ जना सल्लाहकारहरुमा अर्जुन थापा (कतार), बोदीराम खत्री (इजरायल), किशोर अधिकारी (अमेरिका) चयन हुनु भएको छ । भेलाले अध्यक्ष, महासचिव र कोषाध्यक्ष समेत ३ जनाको केन्द्रीय कार्यालयको गठन गरेको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले उद्घाटन गर्नुभएको भेलाले अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष मित्रलाल शर्माको असमायिक निधनप्रति श्रद्धाञ्जली अर्पण गरी शोक प्रस्ताव पारित गरेको छ ।

yekata-bhela-5th-adhibesan

भेलालाई नेकपा (मसाल) का प्रवक्ता  विमल शर्मा, अनेरास्ववियु (छैठौं)का अध्यक्ष विमल पोखरेल, अनेकि संघका अध्यक्ष भैरवराज रेग्मी, अनेम संघका अध्यक्ष तथा सांसद मिना पुन, जातीय समता समाजका अध्यक्ष दिलबहादुर विक, रक्तिम सा“स्कृतिक अभियानका अध्यक्ष जीवन शर्मा, अखिल नेपाल जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढा, मूल प्रवाह अभानेए समाजका उपाध्यक्ष कपिल खनाल, अनेरा उद्योग व्यापार संघका अध्यक्ष ढुण्डिराज पौडेल, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा, अखिल नेपाल बुद्धिजिवी संघका सल्लाहकार दुर्गानाथ खरेल, तराई मधेश जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, अनेयुवक संघका महासचिव बाबुराम पन्थीले भेला सफलताको शुभकामना दिनुभएको थियो ।

सो भेलाले वैदेशिक रोजगारमा गएका नेपालीहरुका समस्याहरुतर्फ ध्यानआकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय भएको गरेको छ ।
त्यसैगरी २०७३ कार्तिक २२ गतेबाट शुरु हुने अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको सन्दर्भमा विभिन्न देशहरुमा रहेका नेपालीहरुलाई व्यापक सदस्यता वितरण गर्ने र संगठन निर्माणको काममा लाग्ने १ वर्षे अभियानलाई सक्रियताका साथ सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरेको छ । भेलाले अन्तर्राष्ट्रिय नेपाली एकता समाजको मुखपत्र ‘नेपाली एकता’ शतवार्षिकी विशेषांक प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।

वि.सं.२०७३ कात्तिक ७ आइतवार ०४:५२ मा प्रकाशित

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...