Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

अन्तर्राष्ट्रिय नेपाली एकता समाजको पाचौं अन्तर्राष्ट्रिय भेला सम्पन्न



yekta-samaj-5th-bhela

काठमाण्डौं । रोजीरोटीको समस्याले विदेशिन वाध्य भएर संसारका विभिन्न देशमा रोजगारीका लागि गएका नेपालीहरुको साझा संगठन अन्तर्राष्ट्रिय नेपाली एकता समाजको पाचौं अन्तर्राष्ट्रिय भेला २०७३ कार्तिक २ र ३ गते बुटवलमा सम्पन्न भयो ।
भेलाले १७ पूर्ण र ३ सल्लाहकार गरी २० सदस्यीय रहेको केन्द्रीय संगठन समिति चयन गरेको छ । जसमा अध्यक्ष गंगा पौडेल (नेपाल), उपाध्यक्ष अर्जुन सुनार (पोर्चुगल),  महासचिव शोभाकान्त लामिछाने (ओमान), कोषाध्यक्ष खगेश्गर शर्मा पौडेल (भारत), सचिव विदुर शर्मा (दक्षिण कोरिया)  र सदस्यहरुमा हिमाल थापा (बेल्जियम),  कृष्ण केसी (युएई), देवनारायण पोखरेल (बहराइन), दिलबहादुर विक (साउदी अरब), धनबहादुर केसी (युके), दुर्गाबहादुर केसी (भारत), तोयनाथ कंडेल (बेल्जियम),  लुमाकान्त पुन (कतार), यमलाल सापकोटा (जापान), धर्मराज उपाध्यय (कुवैत), शंकर प्रसाद पोखरेल(मलेसिया) रहनु भएको छ । त्यसैगरी ३ जना सल्लाहकारहरुमा अर्जुन थापा (कतार), बोदीराम खत्री (इजरायल), किशोर अधिकारी (अमेरिका) चयन हुनु भएको छ । भेलाले अध्यक्ष, महासचिव र कोषाध्यक्ष समेत ३ जनाको केन्द्रीय कार्यालयको गठन गरेको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले उद्घाटन गर्नुभएको भेलाले अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष मित्रलाल शर्माको असमायिक निधनप्रति श्रद्धाञ्जली अर्पण गरी शोक प्रस्ताव पारित गरेको छ ।

yekata-bhela-5th-adhibesan

भेलालाई नेकपा (मसाल) का प्रवक्ता  विमल शर्मा, अनेरास्ववियु (छैठौं)का अध्यक्ष विमल पोखरेल, अनेकि संघका अध्यक्ष भैरवराज रेग्मी, अनेम संघका अध्यक्ष तथा सांसद मिना पुन, जातीय समता समाजका अध्यक्ष दिलबहादुर विक, रक्तिम सा“स्कृतिक अभियानका अध्यक्ष जीवन शर्मा, अखिल नेपाल जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढा, मूल प्रवाह अभानेए समाजका उपाध्यक्ष कपिल खनाल, अनेरा उद्योग व्यापार संघका अध्यक्ष ढुण्डिराज पौडेल, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा, अखिल नेपाल बुद्धिजिवी संघका सल्लाहकार दुर्गानाथ खरेल, तराई मधेश जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, अनेयुवक संघका महासचिव बाबुराम पन्थीले भेला सफलताको शुभकामना दिनुभएको थियो ।

सो भेलाले वैदेशिक रोजगारमा गएका नेपालीहरुका समस्याहरुतर्फ ध्यानआकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय भएको गरेको छ ।
त्यसैगरी २०७३ कार्तिक २२ गतेबाट शुरु हुने अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको सन्दर्भमा विभिन्न देशहरुमा रहेका नेपालीहरुलाई व्यापक सदस्यता वितरण गर्ने र संगठन निर्माणको काममा लाग्ने १ वर्षे अभियानलाई सक्रियताका साथ सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरेको छ । भेलाले अन्तर्राष्ट्रिय नेपाली एकता समाजको मुखपत्र ‘नेपाली एकता’ शतवार्षिकी विशेषांक प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।


-->

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी