back

तपाई कुनै राजनीतिक दलको अध्यक्ष बन्न चाहानुुहुन्छ ? चाहानुहुन्छ भने दिनुहोस् आवेदन

वि.सं.२०७३ कात्तिक ७ आइतवार

450 

shares
NTC AD

७ कात्तिक, काठमाण्डौं । पार्टी नेपाल नाम गरेको राजनीतिक दलले पार्टीको अध्यष सहित मुख्य मुख्य पदमा आवदेनको लागि आह्वान गरेको छ ।
आइतबारको कान्तिपुर दैनिक पत्रिकामा विज्ञापन गरेर उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, पार्टी प्रवक्ता, केन्द्रीय सदस्य, प्रदेश प्रमुख र जिल्ला प्रमुखको लागि आवदेन माग गरेको हो ।
यी पदहरुमा योग्य हुनको लागि २५ वर्ष पूरा भएको र संगडन विस्तार गर्न सक्नुपर्ने, पूर्ण लोकतन्त्र, पूर्ण सुशासन, पूर्ण विकास र भ्रष्टाचारमुक्त नेपाल पार्टी उदेश्यलाई कार्यान्वयन गर्न सक्ने, पार्टीलाई समय दिन सक्ने, आर्थिक र राजनैतिक रुपमा सक्षम व्यक्ति हुनुपर्ने, स्वदेश तथा विदेशको राजनीति राम्रो बुझेको, आगामी निर्वाचना उम्मेदवारी दिन सक्ने र प्रतिस्पर्धा गर्न सक्ने सक्षम व्यक्ति हुनुपर्ने, पार्टीको नियमानुसार लेवी तिर्न सक्ने, लामो समयसम्म पार्टीमा आवद्ध हुन सक्ने, नेपाल सरकारको कानुनु अनुसार दोषी नठहरिएका निष्कलंकित व्यक्रि हुनुपर्ने लगायतका योग्यता तोकेको छ ।
साथै केन्द्रीय सदस्य सम्मको पदमा आवेदन दिने व्यक्तिहरु काठमाण्डौं उपत्यकामा अस्थायी वा स्थायी बसोबास गरेको हुनुपर्ने र प्रदेश प्रमुख र जिल्ला प्रमुख सम्बन्धित प्रदेश, जिल्लाको सदरमुकाम वा आसपास क्षेत्रको हुनुपर्ने जनाएको छ ।
आवेदन दिनको नेपाली नागरिकको परीचय खुल्ने पासपोर्ट साइजको फोटो र सम्पर्क नम्बर सहित [email protected] मा इमेल गर्न आग्रह गरेको छ ।

वि.सं.२०७३ कात्तिक ७ आइतवार ०५:०० मा प्रकाशित

ADBL AD
बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार : गृह मन्त्रालय

बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार : गृह मन्त्रालय

काठमाडौं । बाढीपहिरो र डुबान लगायत प्राकृतिक विपद्मा परेका १७...

कृषकको उत्पादन सरकारले बजारीकरण गर्छ : मन्त्री भण्डारी

कृषकको उत्पादन सरकारले बजारीकरण गर्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कृषकले उत्पादन...

प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहेकी बङ्गलादेशका वन,...

पहिरोले राप्ती लोकमार्ग अवरुद्ध, पहिरो हटाउने कार्य जारी

पहिरोले राप्ती लोकमार्ग अवरुद्ध, पहिरो हटाउने कार्य जारी

तुलसीपुर । सुख्खा पहिरोले राप्ती लोकमार्ग अन्तर्गत दाङ-सल्यान खण्ड अवरुद्ध...

बाढीपहिरोमा परी दुई सय ३३ जनाको मृत्यु, २२ बेपत्ता

बाढीपहिरोमा परी दुई सय ३३ जनाको मृत्यु, २२ बेपत्ता

काठमाडौं । हालैको बाढीपहिरोमा परी २३३ जनाको मृत्यु भएको छभने...

अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज

अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज

गल्याङ (स्याङ्जा) । वालिङ नगरपालिका–१४ र भीरकोट नगरपालिका–९ स्थित अँधेरी...