back
CTIZAN AD

तपाई कुनै राजनीतिक दलको अध्यक्ष बन्न चाहानुुहुन्छ ? चाहानुहुन्छ भने दिनुहोस् आवेदन

वि.सं.२०७३ कात्तिक ७ आइतवार

1K 

shares

७ कात्तिक, काठमाण्डौं । पार्टी नेपाल नाम गरेको राजनीतिक दलले पार्टीको अध्यष सहित मुख्य मुख्य पदमा आवदेनको लागि आह्वान गरेको छ ।
आइतबारको कान्तिपुर दैनिक पत्रिकामा विज्ञापन गरेर उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, पार्टी प्रवक्ता, केन्द्रीय सदस्य, प्रदेश प्रमुख र जिल्ला प्रमुखको लागि आवदेन माग गरेको हो ।
यी पदहरुमा योग्य हुनको लागि २५ वर्ष पूरा भएको र संगडन विस्तार गर्न सक्नुपर्ने, पूर्ण लोकतन्त्र, पूर्ण सुशासन, पूर्ण विकास र भ्रष्टाचारमुक्त नेपाल पार्टी उदेश्यलाई कार्यान्वयन गर्न सक्ने, पार्टीलाई समय दिन सक्ने, आर्थिक र राजनैतिक रुपमा सक्षम व्यक्ति हुनुपर्ने, स्वदेश तथा विदेशको राजनीति राम्रो बुझेको, आगामी निर्वाचना उम्मेदवारी दिन सक्ने र प्रतिस्पर्धा गर्न सक्ने सक्षम व्यक्ति हुनुपर्ने, पार्टीको नियमानुसार लेवी तिर्न सक्ने, लामो समयसम्म पार्टीमा आवद्ध हुन सक्ने, नेपाल सरकारको कानुनु अनुसार दोषी नठहरिएका निष्कलंकित व्यक्रि हुनुपर्ने लगायतका योग्यता तोकेको छ ।
साथै केन्द्रीय सदस्य सम्मको पदमा आवेदन दिने व्यक्तिहरु काठमाण्डौं उपत्यकामा अस्थायी वा स्थायी बसोबास गरेको हुनुपर्ने र प्रदेश प्रमुख र जिल्ला प्रमुख सम्बन्धित प्रदेश, जिल्लाको सदरमुकाम वा आसपास क्षेत्रको हुनुपर्ने जनाएको छ ।
आवेदन दिनको नेपाली नागरिकको परीचय खुल्ने पासपोर्ट साइजको फोटो र सम्पर्क नम्बर सहित [email protected] मा इमेल गर्न आग्रह गरेको छ ।

वि.सं.२०७३ कात्तिक ७ आइतवार ०५:०० मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...