back

भाषा विवाद समाधान गर्न सहित्यिक पत्रकार सङ्घको माग

वि.सं.२०७३ कात्तिक ७ आइतवार

543 

shares
IME Limited
NTC AD

 ७ कात्तिक,त्रिशूली (नुवाकोट) । पछिल्लो समय नेपाली भाषामा भइरहेको विवादको चाँडोभन्दा चाँडो अन्त्य गरिनुपर्ने माग नेपाली सहित्यिक पत्रकार सङ्घले गरेको छ ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शनिबार नुवाकोटमा सम्पन्न पहिलो बैठक सङ्घका अध्यक्ष नगेन्द्रराज शर्माको अध्यक्षतामा बसेको थियो । नेपाली भाषामा देखापरेको समस्याको उचित निकास गराउन सबै पक्ष लाग्नुपर्ने निर्णय बैठकले गरेको छ । सङ्घले भाषाको विवादका कारण हुन सक्ने समस्या र अहिले भइरहेको अन्योल चिर्नका लागि तत्काल सङ्घको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

बैठकले विभिन्न विभाग गठन गरी जिम्मेवारी बाँडफाँटसमेत गरेको छ । बैठकले भाषा, अन्तर्राष्ट्रिय साहित्य समन्वय, प्रकाशन र साहित्यिक पत्रकारिता इतिहास लेखन विभाग गठन गरेको छ । यस्तै शनिबार नै विदुरमा भएको भेलाले सुमित्रा सुमीका अध्यक्षतामा नेपाल साहित्यिक पत्रकार सङ्घ नुवाकोट शाखा गठन गरेको छ ।

शाखाका उपाध्यक्षमा दुर्गा पनेरु, सचिवमा रामकृष्ण गजुरेल र कोषाध्यक्षमा भगवती लामा तथा सदस्यमा रामहरि खनाल, गमला लामा र करण तामाङ घलान रहनुभएको छ । शाखा समितिका सल्लाहकारमा सङ्घका केन्द्रीय सदस्य श्रीराम श्रेष्ठ रहनुभएको छ ।

कार्यक्रममा दीक्षान्त सिटौलाद्वारा लिखित ‘सपना पाटी’ किशोर उपन्यास पनि विमोचन गरिएको थियो । उपन्यासमाथि साहित्यकार शिवसुन्दर पुडासैनीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा ‘नुवाकोटेली साहित्यिक पत्रकारिता ः विगत र वर्तमान’ शीर्षकको कार्यपत्र साहित्यकार आरएम डङ्गोलले प्रस्तुत गर्नुभएको थियो । रासस

वि.सं.२०७३ कात्तिक ७ आइतवार ०६:५९ मा प्रकाशित

आहा ! ढोरपाटन

आहा ! ढोरपाटन

ढोरपाटन । यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ...

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क...

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

काठमाडौँ । देशको राजधानीसमेत रहेको काठमाण्डौ महानगरभित्र माओवादी निकट महिलाहरु...

मौद्रिक नीति सकारात्मक : सिबिफिन

मौद्रिक नीति सकारात्मक : सिबिफिन

काठमाडौँ । दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक...

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख...

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...