back
CTIZAN AD

भाषा विवाद समाधान गर्न सहित्यिक पत्रकार सङ्घको माग

वि.सं.२०७३ कात्तिक ७ आइतवार

891 

shares

 ७ कात्तिक,त्रिशूली (नुवाकोट) । पछिल्लो समय नेपाली भाषामा भइरहेको विवादको चाँडोभन्दा चाँडो अन्त्य गरिनुपर्ने माग नेपाली सहित्यिक पत्रकार सङ्घले गरेको छ ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शनिबार नुवाकोटमा सम्पन्न पहिलो बैठक सङ्घका अध्यक्ष नगेन्द्रराज शर्माको अध्यक्षतामा बसेको थियो । नेपाली भाषामा देखापरेको समस्याको उचित निकास गराउन सबै पक्ष लाग्नुपर्ने निर्णय बैठकले गरेको छ । सङ्घले भाषाको विवादका कारण हुन सक्ने समस्या र अहिले भइरहेको अन्योल चिर्नका लागि तत्काल सङ्घको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

बैठकले विभिन्न विभाग गठन गरी जिम्मेवारी बाँडफाँटसमेत गरेको छ । बैठकले भाषा, अन्तर्राष्ट्रिय साहित्य समन्वय, प्रकाशन र साहित्यिक पत्रकारिता इतिहास लेखन विभाग गठन गरेको छ । यस्तै शनिबार नै विदुरमा भएको भेलाले सुमित्रा सुमीका अध्यक्षतामा नेपाल साहित्यिक पत्रकार सङ्घ नुवाकोट शाखा गठन गरेको छ ।

शाखाका उपाध्यक्षमा दुर्गा पनेरु, सचिवमा रामकृष्ण गजुरेल र कोषाध्यक्षमा भगवती लामा तथा सदस्यमा रामहरि खनाल, गमला लामा र करण तामाङ घलान रहनुभएको छ । शाखा समितिका सल्लाहकारमा सङ्घका केन्द्रीय सदस्य श्रीराम श्रेष्ठ रहनुभएको छ ।

कार्यक्रममा दीक्षान्त सिटौलाद्वारा लिखित ‘सपना पाटी’ किशोर उपन्यास पनि विमोचन गरिएको थियो । उपन्यासमाथि साहित्यकार शिवसुन्दर पुडासैनीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा ‘नुवाकोटेली साहित्यिक पत्रकारिता ः विगत र वर्तमान’ शीर्षकको कार्यपत्र साहित्यकार आरएम डङ्गोलले प्रस्तुत गर्नुभएको थियो । रासस

वि.सं.२०७३ कात्तिक ७ आइतवार ०६:५९ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...