back
CTIZAN AD

सूचना प्रविधिका स्टलमा ग्राहकको आकर्षण बढ्दो

वि.सं.२०७३ कात्तिक ७ आइतवार

960 

shares

 ७ कात्तिक,तिलोत्तमा (रुपन्देही) । बुटवलमा सञ्चालित राष्ट्रिय उद्योग प्रदर्शनी तथा तिहार महोत्वमा सूचना प्रविधि सम्बन्धी स्टलमा ग्राहकको चाप बढेको छ । मेलामा राखिएका मोबाइल, ल्यापटप, कम्पुटर खरिद र तिनका पार्टपुर्जामा ग्राहकले निकै रुचि देखाएका हुन् ।

बुटवलस्थित नेपाल उद्योग व्यापार सङ्गठन र काठमाडाँैस्थित नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको आयोजनामा बिहीबारदेखि सुरु भएको सो महोत्सवमा अपेक्षा गरिएको भन्दा दर्शकको सङ्ख्या बढेको छ । जसमा सूचना प्रविधिका स्टलमा ग्राहकले निकै चासो दिएको आयोजकको भनाइ छ ।

मेलामा दर्शकको वृद्धिसँगै सूचना प्रविधिका स्टलमा कारोबार बढ्ने अपेक्षा गरिएको उल्लेख गर्दै नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनका कोषाध्यक्ष कृष्ण अर्यालले सूचना प्रविधिमा धेरैले चासो दिएको बताउनुभयो ।

महोत्वसमा ४२२ स्टलमध्ये सूचना प्रविधिका ५८ वटा स्टल छन् । सोलारदेखि नेट प्रोभाइटरसम्मका स्टल रहेको मेलाका सूचना प्रविधि उपसमितिका संयोजक मनोज गुप्ताले उल्लेख गर्नुभयो ।
‘मेलामा मोबाइलको कारोबार राम्रो छ । अन्य सामानको पनि प्रचार तथा विक्री भएको छ ।’ उहाँले “भन्नुभयो–‘यस्तो बेला विक्रीभन्दा पनि प्रवर्धनलाई कम्पनीले लक्ष्य बनाएको देखिन्छ । ”

यही काक्तिक १५ गतेसम्म चल्ने महोत्सवमा उद्योग, कृषि, पर्यटन प्रवद्र्धनलगायतका कार्यक्रमसहित उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराइने सङ्गठनका अध्यक्ष तथा मूलआयोजक समितिका संयोजक खेम श्रीसले बताउनुभयो । रासस

वि.सं.२०७३ कात्तिक ७ आइतवार ०९:०८ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...