Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

सूचना प्रविधिका स्टलमा ग्राहकको आकर्षण बढ्दो



 ७ कात्तिक,तिलोत्तमा (रुपन्देही) । बुटवलमा सञ्चालित राष्ट्रिय उद्योग प्रदर्शनी तथा तिहार महोत्वमा सूचना प्रविधि सम्बन्धी स्टलमा ग्राहकको चाप बढेको छ । मेलामा राखिएका मोबाइल, ल्यापटप, कम्पुटर खरिद र तिनका पार्टपुर्जामा ग्राहकले निकै रुचि देखाएका हुन् ।

बुटवलस्थित नेपाल उद्योग व्यापार सङ्गठन र काठमाडाँैस्थित नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको आयोजनामा बिहीबारदेखि सुरु भएको सो महोत्सवमा अपेक्षा गरिएको भन्दा दर्शकको सङ्ख्या बढेको छ । जसमा सूचना प्रविधिका स्टलमा ग्राहकले निकै चासो दिएको आयोजकको भनाइ छ ।

मेलामा दर्शकको वृद्धिसँगै सूचना प्रविधिका स्टलमा कारोबार बढ्ने अपेक्षा गरिएको उल्लेख गर्दै नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनका कोषाध्यक्ष कृष्ण अर्यालले सूचना प्रविधिमा धेरैले चासो दिएको बताउनुभयो ।

महोत्वसमा ४२२ स्टलमध्ये सूचना प्रविधिका ५८ वटा स्टल छन् । सोलारदेखि नेट प्रोभाइटरसम्मका स्टल रहेको मेलाका सूचना प्रविधि उपसमितिका संयोजक मनोज गुप्ताले उल्लेख गर्नुभयो ।
‘मेलामा मोबाइलको कारोबार राम्रो छ । अन्य सामानको पनि प्रचार तथा विक्री भएको छ ।’ उहाँले “भन्नुभयो–‘यस्तो बेला विक्रीभन्दा पनि प्रवर्धनलाई कम्पनीले लक्ष्य बनाएको देखिन्छ । ”

यही काक्तिक १५ गतेसम्म चल्ने महोत्सवमा उद्योग, कृषि, पर्यटन प्रवद्र्धनलगायतका कार्यक्रमसहित उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराइने सङ्गठनका अध्यक्ष तथा मूलआयोजक समितिका संयोजक खेम श्रीसले बताउनुभयो । रासस


-->

वीरगञ्ज । वीरगञ्जस्थित घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ती तोडफोड गर्ने

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा