back
CTIZAN AD

चालक –सहचालकले दैनिक गर्छन् यात्रुसँग दुव्र्यवहार

वि.सं.२०७३ कात्तिक ७ आइतवार

1K 

shares

७ कात्तिक,ललितपुर। शुक्रबार लेलेकी सरु तामाङको सहचालकसँगै विवाद भएको थियो । भिड भएको गाडीमा अलि पछाडि जानका लागि सहचालक भनिरहेका थिए । तामाङले त्यसभन्दा पछाडि जाने ठाउँ नभएको भनेपछि सहचालकले मन लागेको ठाउँमा बस्न निजी गाडी होइन भन्दै उनलाई झपारे ।

सार्वजनिक यातायातमा यात्रु र सहचालकका बीचमा भाडा, सिटलगायत विषयमा दैनिक विवाद हुने गरेको छ । यात्रुले सहचालकसँग जिज्ञासा मात्रै राख्दा पनि तिनले नराम्रो व्यवहार गर्ने यात्रुको गुनासो छ ।

बालकुमारीबाट एकान्तकुनासम्म यात्रा गर्दा रु १७ भाडा तिर्दै आएका भैँसेपाटीका राजीव महर्जनले बिहीबार रु २० को नोटबाट फिर्ता पाएनन् । सहचालकसँग भाडा बढेको हो भनेर सोध्दा विवाद भएको थियो । चानचुन नभएको भन्दै सहचालक यात्रुसँग झगडा गर्न तम्सिए ।

यी र यस्तै दृष्य सार्वजनिक सवारीमा दैनिक रुपमा देखिन्छ । तामाङ र महर्जन जस्तै सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुले सहचालकको दैनिक दुव्र्यवहार सहनु परिरहेको छ । भाडा तिरेर यात्रा गर्दा समेत सहचालकले सिँत्तैमा लगिदिन परेको जस्तो व्यवहार गर्ने यात्रु बताउँछन् ।

भाडा बढी लिँदा, भिड गाडीमा यात्रुलाई असहज हुँदा, गाडी धेरै ठाउँमा रोकिरहँदा लगायत कारणले विवाद हुने गरेको हो । दैनिक रुपमा हुने विवाद कहिलेकाहीँ सामान्य झगडामा टुङ्गिने गरेको छ भने कहिले लम्बिने गरेको छ ।

यातायात क्षेत्रका अगुवा राम थापा यात्रुसँग राम्रो व्यवहार गर्न लगानीकर्ताले चालक÷चालकलाई नसिकाउने बताउनुहुन्छ । यात्रुसँग जे जसरी पनि बढी भाडा लिनका लागि सञ्चालकले दबाब दिने गरेका छन् । सार्वजनिक सवारीमा सहचालक र चालक पढाइ कम भएका धेरै छन् । उनीहरुमा व्यावहारिक ज्ञान कम छ । उहाँ भन्नुहुन्छ – “लगानीकर्ताले बढी भाडा लिन मात्रै नभएर यात्रुसँग राम्रो व्यवहार गर्न पनि सिकाउन खाँचो छ ।”

महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख (प्रहरी निरीक्षक) सीताराम हाछेथुले सहचालकमा यात्रुलाई सम्मान गर्नुपर्छ भन्ने भावना नभएको बताउनुभयो । उहाँले भन्नुभया – “यात्रुलाई तँ भन्ने, भाडा तिरेपछि फिर्ता माग्दा भीख मागेको जस्तो व्यवहार गर्छन् ।” सम्बन्धित निकायले चालक र सहचालकलाई यात्रुसँग गर्ने व्यवहार र सवारी नियमका विषयमा ज्ञान दिनुपर्ने उहाँ बताउनुहुन्छ । समयमा गुडाउने र समयमा पु¥याउने विषयमा पनि चालकले वास्ता गर्दैनन् । भरिएपछि मात्रै चालकले गुडाउँदा पनि विवाद भइरहेको छ ।

यात्रु आफैँ सजग हुँदा मात्रै सार्वजनिक यातायातमा चालक सहचालकको व्यवहार सुधार हुन सक्छ । यात्रुले आफूलाई नराम्रो व्यवहार गर्नासाथ ट्राफिक प्रहरीलाई उजुरी गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – “उजुरी गर्ने र कारबाही भए÷नभएको बुझ्नुपर्ने खाँचो छ । महाशाखाको नं १०३ र महानगरीय ट्राफिक प्रहरी परिसरको नं ११०३ मा आएका उजुरीका आधारमा कारबाही भइरहेको ट्राफिक प्रहरीको जिकिर छ । रासस

वि.सं.२०७३ कात्तिक ७ आइतवार ०९:३५ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...