back

बर्दिया निकुञ्जमा बढे पर्यटक

वि.सं.२०७३ कात्तिक ७ आइतवार

696 

shares
GLOBAL IME AD
NTC AD

gaida

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा अघिल्लो वर्षको तुलनामा यस वर्षको पछिल्लो तीन महिनामा ४२ प्रतिशत पर्यटक बढेको छ ।

यसवर्ष पछिल्लो तीन महिना (साउन, भदौ र असोज)मा आन्तरिक पर्यटक ८०९, सार्क र अन्य मुलुकका ४०३ जना गरी जम्मा एक हजार २२१ पर्यटक बर्दिया निकुञ्ज भित्रिएका थिए ।

अघिल्लो वर्ष यसै अवधिमा आन्तरिक पर्यटकका रूपमा ४३१, सार्क र अन्य मुलुकका २७९ जना गरी जम्मा ७१० पर्यटक निकुञ्ज अवलोकनका लागि आएका थिए ।

अघिल्लो वर्ष यसै अवधिको तुलनामा यस वर्ष ५०२ जना पर्यटक बढेको निकुञ्जको अभिलेख छ । सेप्टेम्बरदेखि अप्रिलसम्मको अवधि पर्यटकका लागि मुख्य समय मानिन्छ । मौसमको सुरुवातमै पर्यटक ह्वात्तै बढेका छन् । विगतका वर्षका तुलनामा आन्तरिक र विदेशी पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको निकुञ्जको भनाइ छ । नाकाबन्दीका बेला पर्यटकको सङ्ख्यामा कमी आए पनि नाकाबन्दी हटेसँगै पर्यटकको आगमन बढेको हो ।

पछिल्ला वर्षको तुलनामा निकुञ्जमा बाघ, गैँडालगायत अन्य जनावरको सङ्ख्यामा वृद्धि भएको चर्चामा भएपछि निकुञ्ज घुम्न आउनेको सङ्ख्या बढ्दै गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताउनुभयो । हिजोआज निकुञ्जमा बाघ र गैँडा सजिलै अवलोकन गर्न सकिने पर्यावरण पथप्रदर्शक राम शाहीले बताउनुभयो । विगतमा निकुञ्जमा परिसर मात्र घुमेर फर्कने आन्तरिक पर्यटक आजभोलि निकुञ्जमा हात्ती सफारी, जङ्गल सफारीको समेत मज्जा लिने गरेका छन् ।

विभिन्न सङ्घसंस्था, विद्यालयबाट दिनहुँजसो निकुञ्ज अवलोकनका लागि आन्तरिक पर्यटक आउने गरेको निकुञ्जले जनाएको छ । बर्दिया निकुञ्जको क्षेत्रफल ९६८ वर्ग किलोमिटर छ । निकुञ्जमा पछिल्लो गणनाअनुसार ३५ वटा गैँडा, ८५ वटा बाघलगायत ४३८ जन्तु, २५ भन्दा बढी घस्रिने र १२१ भन्दा बढी माछाका प्रजाति छन् ।

वादी महिलालाई आयआर्जनका लागि रकम हस्तान्तरण

राजापुर नगरपालिकाको वादी समुदायमा गठन गरिएका दुई वटा वादी महिलाको सामुदायिक संस्थालाई आयआर्जनका लागि प्रतिसंस्था रु २५ हजार प्रदान उपलब्ध गराइएको छ ।
युएनडिपी र दलित महिला उत्थान सङ्घ, बर्दियाको संयुक्त साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित शान्तिका लागि स्थानीय साझेदारी परियोजनाअन्तर्गत सो रकम प्रदान गरिएको हो ।

कार्यक्रम संयोजक देविका केसीले हाम्रो सानो बादी महिलाको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने अपेक्षा गर्नुभयो भने दलित महिला उत्थान सङ्घकी अध्यक्ष विमला विकले सो रकमको सदुपयोग भए थप कार्यक्रम लिएर आउने बताउनुभयो । रासस

वि.सं.२०७३ कात्तिक ७ आइतवार ०९:३६ मा प्रकाशित

पर्यटकको पर्खाइमा ‘गोल्मे राजा, गोल्मे रानी’

पर्यटकको पर्खाइमा ‘गोल्मे राजा, गोल्मे रानी’

भोजपुर । रामप्रसादराई गाउँपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल ‘गोल्मे राजा,...

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा

फुङ्लिङ (ताप्लेजुङ) । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय...

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘ढुम्बाताल’

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘ढुम्बाताल’

  सुन्दरकुमार थकाली/मुस्ताङ । नीलगिरि हिमालको फेदैमा घरपझोङ–५ सम्लेस्थित ढुम्बाताल...

यसवर्षको सर्वोच्च शिखर आरोहण सुरु, ४२१ चुचुरो चुम्ने प्रतिक्षामा

यसवर्षको सर्वोच्च शिखर आरोहण सुरु, ४२१ चुचुरो चुम्ने प्रतिक्षामा

सिबी अधिकारी, काठमाडौँ । “सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने...

अर्थमन्त्री र काँग्रेस सभापतिबिच आगामी बजेटबारे छलफल

अर्थमन्त्री र काँग्रेस सभापतिबिच आगामी बजेटबारे छलफल

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेसका सभापति...

अप्रिल महिनामा हालसम्मकै उच्च संख्यामा विदेशी पर्यटक भित्रिए

अप्रिल महिनामा हालसम्मकै उच्च संख्यामा विदेशी पर्यटक भित्रिए

काठमाडौँ । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा...