back
CTIZAN AD

काभ्रेपलाञ्चोकमा किसान सिम वितरण हुने

वि.सं.२०७३ कात्तिक ७ आइतवार

921 

shares

 ७ कात्तिक,बनेपा । विभिन्न बालीमा हुने क्षति न्यूनीकरणका लागि काभ्रेपलाञ्चोकमा ४३ थान किसान सिम वितरण हुने भएको छ ।

जलवायु परिवर्तन तथा समुत्थान आयोजना मार्फत जिल्ला कृषि विकास कार्यालयले जिल्लाका २६ कृषकलाई दुई साताभित्रै सो सिम वितरण गर्ने बाली विकास अधिकृत थर्क जिसीले बताउनुभयोे ।

जिल्ला पशुसेवा कार्यालयबाट पनि १७ थान सिम वितरण हुने र यसबाट कृषकले जलवायु परिवर्तनबारे जानकारी पाउने उहाँले जानकारी दिनुभयो। जिल्लाको महादेवस्थान, पाँचखाल, गोकुले र धुलिखेल क्षेत्रमा ती सिम वितरण गरिनेछ ।
जलवायु परिवर्तनको असरलाई कम गर्न मौसम अनुकूलको बाली लगाउन कृषकलाई सुझाव दिँदै सिम वितरण क्षेत्रमा वर्षा मापनयन्त्र र सापेक्षिक आर्द्रता मापनयन्त्र समेत राखिने पनि अधिकृत जिसीले बताउनुभयो ।

यसैबीच शनिबार धुलिखेलमा आयोजना भएको जलवायु परिवर्तन र यसले पारेको प्रभाव सम्बन्धी अन्तक्र्रियामा कृषि सूचना तथा सञ्चार केन्द्रका प्रमुख मीनप्रसाद बूढाथोकीले जलवायु परिवर्तनले बालीनालीमा ठूलो क्षति पु¥याएको छ भन्नुभयो ।
क्षेत्रीय कृषि निर्देशनालयका वरिष्ठ बागबानी अधिकृत बोमबहादुर थापाले बीउविजन उत्पादन र फलफूल उत्पादनमा समेत यसले नकारात्मक प्रभाव पारेको जानकारी दिनुभयो ।

वरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डितले जलवायु परिवर्तन चुनौतीपूर्ण भएको उल्लेख गर्दै कृषकलाई सचेत हुन आग्रह गर्नुभयो । रासस

वि.सं.२०७३ कात्तिक ७ आइतवार ०९:३७ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...