back

काभ्रेपलाञ्चोकमा किसान सिम वितरण हुने

वि.सं.२०७३ कात्तिक ७ आइतवार

585 

shares
IME Limited
NTC AD

 ७ कात्तिक,बनेपा । विभिन्न बालीमा हुने क्षति न्यूनीकरणका लागि काभ्रेपलाञ्चोकमा ४३ थान किसान सिम वितरण हुने भएको छ ।

जलवायु परिवर्तन तथा समुत्थान आयोजना मार्फत जिल्ला कृषि विकास कार्यालयले जिल्लाका २६ कृषकलाई दुई साताभित्रै सो सिम वितरण गर्ने बाली विकास अधिकृत थर्क जिसीले बताउनुभयोे ।

जिल्ला पशुसेवा कार्यालयबाट पनि १७ थान सिम वितरण हुने र यसबाट कृषकले जलवायु परिवर्तनबारे जानकारी पाउने उहाँले जानकारी दिनुभयो। जिल्लाको महादेवस्थान, पाँचखाल, गोकुले र धुलिखेल क्षेत्रमा ती सिम वितरण गरिनेछ ।
जलवायु परिवर्तनको असरलाई कम गर्न मौसम अनुकूलको बाली लगाउन कृषकलाई सुझाव दिँदै सिम वितरण क्षेत्रमा वर्षा मापनयन्त्र र सापेक्षिक आर्द्रता मापनयन्त्र समेत राखिने पनि अधिकृत जिसीले बताउनुभयो ।

यसैबीच शनिबार धुलिखेलमा आयोजना भएको जलवायु परिवर्तन र यसले पारेको प्रभाव सम्बन्धी अन्तक्र्रियामा कृषि सूचना तथा सञ्चार केन्द्रका प्रमुख मीनप्रसाद बूढाथोकीले जलवायु परिवर्तनले बालीनालीमा ठूलो क्षति पु¥याएको छ भन्नुभयो ।
क्षेत्रीय कृषि निर्देशनालयका वरिष्ठ बागबानी अधिकृत बोमबहादुर थापाले बीउविजन उत्पादन र फलफूल उत्पादनमा समेत यसले नकारात्मक प्रभाव पारेको जानकारी दिनुभयो ।

वरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डितले जलवायु परिवर्तन चुनौतीपूर्ण भएको उल्लेख गर्दै कृषकलाई सचेत हुन आग्रह गर्नुभयो । रासस

वि.सं.२०७३ कात्तिक ७ आइतवार ०९:३७ मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको...

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

नेपालगञ्ज । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सम्बन्ध बिच्छेदका मुद्दा...

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

अत्तरिया (कैलाली) । कैलाली भन्सार कार्यालय धनगढीले रु आठ अर्ब...