back
CTIZAN AD

“बजार मात्र होइन, अन्य क्षेत्रको समेत अनुगमन गरिनुपर्छ”

वि.सं.२०७३ कात्तिक ८ सोमवार

849 

shares

८ कात्तिक, काठमाडौँ । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पछिल्लोपटक आपूर्ति मन्त्रालयलाई दिएको निर्देशनको कार्यान्वयनबारे जानकारी लिएको छ ।

समितिको आइतबारको बैठकमा निर्देशन कार्यान्वयनबारे जानकारी गराउँदै आपूर्तिमन्त्री दीपक बोहराले मन्त्रालयले समितिले दिएका निर्देशन एकैचोटी कार्यान्वयन गर्नेभन्दा पनि क्रमशः गर्ने तयारीमा रहेको बताउनुभयो ।

“मन्त्रालयले अहिले बजार अनुगमनको बाटोलाई तीव्रता दिएको छ, काठमाडौँमा गरिएको अनुगमनसँग अन्य जिल्लामा समेत बजार अनुगमन गरिनेछ”– मन्त्री बोहराले भन्नुभयो ।

समितिले यसअघि पेट्रोलियम पदार्थको अभाव, आपूर्ति व्यवस्थाको सहजता, ग्यास ढुवानीलगायत विभिन्न विषयमा निर्देशन दिएको थियो । समितिका सभापति भीष्मराज आङ्दम्बेले समितिले दिएका निर्देशनलाई मन्त्रालयले आलटाल गर्नेभन्दा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद सुभाषचन्द्र शाह ठकुरीले बजार अनुगमन देखावटी र मौसमी मात्र भएको भन्दै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । बजार अनुगमनबारे भएका ऐन÷कानुन कार्यान्वयन गर्नुका साथै दोषीलाई कडा कारबाही गर्नुपर्ने उहाँको भनाइ छ ।

सांसद राज्यलक्ष्मी श्रेष्ठले बजार अनुगमनका लागि अनुगमन मात्रभन्दा पनि अधिकारसम्पन्न टोली गठन गरेर त्यसलाई सधैँ सक्रिय बनाउनुपर्ने धारणा राख्नुभयो ।

बजार अनुगमनसँगै शिक्षा, स्वास्थ्य, यातायातलगायत अन्य क्षेत्रको समेत अनुगमन गर्नुपर्ने उहाँको भनाइ छ ।

वि.सं.२०७३ कात्तिक ८ सोमवार ०३:०१ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...