back
CTIZAN AD

निगमको साख गिराउने पदाधिकारीलाई कारबाही गर्न निर्देशन

वि.सं.२०७३ कात्तिक ८ सोमवार

852 

shares

८ कात्तिक, काठमाडौँ । व्यवस्थापिका–संसद्को अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको साख गिराउने कार्यमा संलग्न जिम्मेवार पदाधिकारीलाई छानबिन गरी कानुनी कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आइतबार बसेको बैठकले निगमलाई ठूलो घाटा लागेको सन्दर्भमा निजी वायु सेवा कम्पनीसँग मिलेमतो गरी निगमको साख गिराउने कार्यमा संलग्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र निगमका पदाधिकारीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको हो ।

वायु सेवा कम्पनीले तोकिएको समयमा उडान नगर्ने तथा अन्तिम समयमा उडान रद्द गर्ने प्रवृत्ति बढ्दै गइरहेको सन्दर्भमा उक्त समस्या समाधान गर्नुको साटो मिलेमतोमा ढिलो उडान गर्ने तथा उडान रद्द गर्ने गरेको भन्दै समितिले संलग्न पदाधिकारीलाई अविलम्ब कारबाही गर्न मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको समितिका सभापति प्रभु शाहले बताउनुभयो ।

समितिले नेपालका प्रत्येक एयरपोर्टमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी अनिवार्य एक्स–रे मेसिन तथा सिसी क्यामरा जडान गर्र्नुका साथै वाइफाईको सुविधा एवम् यात्रु कक्ष बाहिर यात्रु पु¥याउने सहयोगीलाई बस्ने कुर्सीसहित आवश्यक स्थानको व्यवस्था साथै सरसफाइको समेत व्यवस्था गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।

निगमको उडान नियमित हुन नसकेका सन्दर्भमा निगमलाई पर्याप्त मात्रामा खाली ठाउँ राख्न, आवश्यक पाइलट तथा अन्य उडान कर्मचारीको व्यवस्था गर्न, निगमको दीर्घकालीन व्यावसायिक कार्ययोजना तयार गरी सोहीअनुसार जहाज खरिद गर्ने प्रक्रियालाई द्रूतमार्गबाट अगाडि बढाउन पनि निर्देशन दिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डडनमन्त्री जीवनबहादुर शाहीले निगमले नियमित रुपमा हवाई सेवा सञ्चालन सम्बन्धमा जानकारी गराउनुभएको थियो ।

निगमको सेवाबारे बैठकका सदस्य सांसदले जवाफ माग गरेपछि मन्त्रालयका निमित्त सचिव शङ्करप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र क्यानका महाप्रबन्धक सञ्जीव गौतमले स्पष्ट पार्नुभएको थियो ।

वि.सं.२०७३ कात्तिक ८ सोमवार ०३:०८ मा प्रकाशित

बागलुङ-१, रुपन्देही-३ र ललितपुर १ -मा रास्वपाका खड्का, थापा र महर्जन विजयी

बागलुङ-१, रुपन्देही-३ र ललितपुर १ -मा रास्वपाका खड्का, थापा र महर्जन विजयी

काठमाडौं । रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र...

बझाङमा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी

बझाङमा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी

चैनपुर (बझाङ) । प्रतिनिधिसभा निर्वाचन बझाङमा नेकपा (एमाले)का उम्मेदवार ऐनबहादुर...

प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता

प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले...

नेमकिपाका सुवाललाई हराउँदै भक्तपुर–१ मा रास्वपाका रन्जित विजयी

नेमकिपाका सुवाललाई हराउँदै भक्तपुर–१ मा रास्वपाका रन्जित विजयी

भादगाउँ । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान...

चितवन-२ मा भारी मतसहित रास्वपा सभापति लामिछाने विजयी

चितवन-२ मा भारी मतसहित रास्वपा सभापति लामिछाने विजयी

चितवन । चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका...

म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महाविर पुन विजयी

म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महाविर पुन विजयी

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर...